Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Thu, 30, Nov, 2023

सिर्जनात्मक साकोसको क्षेत्रगत इकाइको प्रथम भेला शनिबार अर्चलबोटमा सम्पन्न

रेडियो भोटेओडार ११ कार्तिक २०८०, शनिबार २०:०७ मा प्रकाशित ( १ महिना अघि) ३२१४ पाठक संख्या

बिराट न्यौपाने
लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ९ मा रहेको सिर्जनात्मक साकोसको २७ औँ वार्षिकउत्सव तथा २४ औँ क्षेत्रगत साधरण सभा कार्तिक ११ गते शनिबार बाट सुरु भएको छ ।
साधरण सभा अन्र्तगत शनिबार पहिलो इकाई भेला अर्चलबोटमा रुहेको अँलैचे केदार प्राविमा सम्पन्न भएको छ ।
सिर्जनात्मक साकोसका अध्यक्ष रामजी कडेलको अध्यक्ष्तामा भएको कार्यक्रममा दोर्दी गाँउपालिका वडा नं २ का वडा अध्यक्ष गणेश खत्रिको प्रमुख आतित्यतथा रहको थियो ।
तेस्तै अतिथिहरुमा दोर्दी गाँउपालिकाका गाँउपालिका सदस्य अम्बिका मरहठा,अँलैचे साकोसका वरिष्ठ उपाध्यक्ष श्याम अधिकारी ,सँस्थाका पूर्व वरिष्ठ उपाध्यक्ष एवम् अँलैचे केदार प्रावीका पुर्व प्रअ गकुल प्रसाद रेग्मी,लक्ष्मि नारायण माविका पुर्व प्रअ तथा साकोसका लेखा सुपरिवेक्षक समिति सदस्य रामप्रसाद पौडेल रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुखअतिथि गणेश खत्रिले सेयरसदस्यहरुको आर्यर्जनका साथै दोर्दी गाँउपालिकाका क्षेत्र भित्र हरेक आर्थिक एवम् सामाजिक गतिविधिमा सिर्जनात्मक सहकारीले राम्रो भुमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
साथै इकाइ भेलामा सहकारीकोे सन्चालक समितिको तर्फबाट आर्थिक वर्ष ७९ ..८० को वार्षिक आर्थिक प्रतिवेदन माथि छलफल गरि भेलाद्धरा पारित गरिएको हो ।
तेस्तै भेलाद्दरा प्रस्तावित वाषर््िाक निति तथा कार्यक्रम ८०.. ८१ को भावि कार्यक्रम ,कार्ययोजना तथा बजेट माथि छलफल गरिएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष रामजी कडेलले सहकारी प्रति सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी आएता पनि सबै भा्र्रमक भएको र ढुक्क भएर करोबार गर्न उहाँले आग्रह गर्नुभएको थियो ।
समितिका सचिव मिन बहादुर घलेले सञ्चालन गर्नुभएको कार्यक्रममा श्रीमन्ज्याङ र अर्चलबोट क्षेत्रका सहकारीका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

 


FLASH NEWS