Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 26, Apr, 2024

सुन्दरबजार नगरपालिका र राइनास नगरपालिकाको प्रतिवद्धता :‘मापदण्डमा चलेका इट्टा उद्योगको प्रवद्र्धनका लागि पहल गर्नेछौँ’

रेडियो भोटेओडार २१ आश्विन २०७७, बुधबार ११:२१ मा प्रकाशित ( ३ साल अघि) २९४०१ पाठक संख्या

 श्यामशितल परियार
लमजुङका स्थानीय तहले अवैध रुपमा संचालन भएका इट्टा उद्योगको नियामनका साथै वैध इट्टा उद्योग प्रवद्र्धनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
कोभिड–१९ पश्चात् इट्टा उद्योग संचालन सम्बन्धमा मंगलबार नगरपालिका स्तरीय आयोजित कार्यक्रममा सुन्दरबजार नगरपालिका र राइनास नगरपालिकाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रले इट्टा उद्योग संचालन चुनौतीपूर्ण रहेको बताउँदै यसलाई सुरक्षित लगानीको क्षेत्र बनाउने वातावरणको सिर्जना सम्वद्ध पक्षले गर्नुपर्नेमा जोड दिनुभएको छ । नियम विपरित संचालित उद्योगलाई कानुनी ट्रयाकमा ल्याउन जरुरी रहेको पनि उहाँले बताउनुभयो ।

‘मुलुकको जिडिपीमा इट्टा उद्योगको भूमिका छ । यस व्यवसायलाई प्रवद्र्धन गर्नु जरुरी छ,’ उहाँले भन्नुभयो, ‘नगरक्षेत्रमा अवैध रुपमा संचालित उद्योगलाई नियामन गरिनेछ । वैध उद्योलाई प्रवद्धर्नका लागि पहल गरिनेछ ।’

राइनास नगरपालिकाका नगरप्रमुख सिंहबहादुर थापाले नगरक्षेत्रका कतिपय उद्योग, व्यापार–व्यवसाय कानुन मिचेर आवश्यक प्रकृया बिना नै संचालनमा रहेको पाइएको बताउनुभएको छ ।

‘करको दायरामा ल्याउनका लागि आवश्यक प्रकृया पुरा गरी उद्योग, व्यवसाय संचालन गर्न खुद्रा पसल संचालकलाई समेत पत्र लेखि पठाइसकिएको छ,’ उहाँले भन्नुभयो, ‘तर अझै सबै उद्योग, व्यवसाय करको दायरामा आउन सकेका छैनन् ।’

नियम विपरित संचालित उद्योगलाई आवश्यक प्रकृया पुरा गरी संचालनमा ल्याउन र मापदण्डअनुसार संचालित उद्योगलाई थप प्रवद्र्धन गर्न नगरपालिका सदा तत्पर रहेको उहाँले बताउनुभयो ।

यस्तै, बेटर ब्रिक नेपालकी वरिष्ठ कार्यक्रम तथा संचार अधिकृत संयुक्ता भण्डारीले सरकार, उद्योग क्षेत्र र मजदुर एकआपासमा हातेमालो गरी अघि बढ्न सकेमा मात्रै परिवर्तन सम्भव रहेको उल्लेख गर्नुभयो ।

‘सरकार, उद्योगी र मजदूर एकअर्काप्रति उत्तरदायी भई हातमोलो गरी अघि बढेमा मात्रै आर्थिक परिवर्तनमा टेवा पुग्न सक्छ,’ उहाँले भन्नुभयो ।
स्थानीय इट्टा उद्योग संचालक लगायत सरोकारवालाको सहभागिता रहेका अन्तरक्रिया कार्यक्रमले स्थानीय तहले अवैध रुपमा संचालन भएका उद्योगका नियमन गर्ने र वैध उद्योगको प्रवद्र्धन गर्न आवश्यक पहल गरिनुका साथै ईट्टा उद्योगमा आगामी सिजनमा उद्योग संचालन गर्दा स्वास्थ्य र सुरक्षा मापदण्ड पालना गरिने, स्थानीय सरकार, समुदायले उद्योग संचालन र कामदार आगमन सहजीकरण गर्न प्रतिवद्धता जाहेर गरिने, स्थानीय तहले अन्य विद्यार्थीलाई दिने सेवा तथा सुविधा सरह इट्टा उद्योगका कामदारका बालबालिकालाई समेत उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरिने र बेटर ब्रिक नेपालले आगामी दिनमा कार्यक्रम संचालन गर्दा वातावरण अनुकुल उद्योग संचालन गर्न आवश्यक कार्यक्रम थप गर्न पहल गरिने लगायतको निष्कर्ष निकालिएको एकीकृत हरित विकास नेपालका उपाध्यक्ष रामदत्त पौडेलले जानकारी दिनुभयो ।


एकीकृत हरित विकास नेपाल संस्थाद्धारा ग्लोवल फेयरनेस इनिसिएटिभ (जिएफाई)र नेपाल गुडवीभ फाउण्डेसनको सहयोगमा संचालित बेटर ब्रिक नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रम संचालन गरिएको हो ।

एकीकृत हरित विकास नेपालका क्षेत्रीय संयोजक सुदीप सेढाइँले संस्थाको वार्षिक कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा सुन्दरबजार नगरपालिकाका उपमेयर ज्ञानु शाह, राइनास नगरपवालिकाका उपमेयर धनकुमारी गुरुङ, विभिन्न वडाका वडाअध्यक्ष, इट्टा उद्योग संचालक एवम् लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामकुमार श्रेष्ठ, विजेपी इट्टा उद्योगका पुष्प खनाल लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

 


FLASH NEWS