Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

मङगलबार देखि पर्यटन उद्योग कार्यालय लमजुङद्वारा १ महिने ड्राईभिङ तालिम सञ्चालन

रेडियो भोटेओडार १६ आश्विन २०८०, मंगलवार १७:१३ मा प्रकाशित ( ६ महिना अघि) ११२३६ पाठक संख्या

पर्यटन तथा साना उद्योग कार्यालय लमजुङले मङगलबार देखि १ महिने ड्राईभिङ तालिम सञ्चालन गरेको छ । जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटा पालिकाबाट फर्म भरेका ८५ जना युवामध्ये २० जना युवालाई छनौट गरी आजबाट तालिम सुरु गरेको हो ।

तालिमको उद्घाटन गर्दै आयोजक पर्यटन तथा साना उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाले चालु वर्षको सिप विकास तालिम अन्तर्गत तालिम सञ्चालन गरिएको बताउनुभयो ।
जिल्लामा रहेका बेरोजगार युवाहरुलाई सिप सिकाएर स्वारोजगार बनाउदै आयआर्जनमा बृद्धि गराउनका लागि सिपमूलक तालिम सञ्चालन गरिएको बताउनुभयो ।
तालिममा जिल्लाका ८ वटै पालिकाका युवाहरुलाई समेटिएको उहाँको भनाई छ। तालिममा सहभागिहरुलाई ध्यान दिएर तालिम लिने र लिएको तालिमलाई व्यवहारमा उतार्न समेत उहाँले आग्रह गर्नुभयो ।
जिल्लामा रहेका बेरोजगार, आर्थिक अवस्था कमजोर भएका युवाहरुलाई लक्षित गरी तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
उक्त तालिममा लागि कार्यालयले गत भदौ २७ गतेबाट असोज २ गतेसम्ममा आवेदन खुला गरेको थियो । उक्त समयमा जिल्लाका ८५ जना युवाहरुले फर्म भरेका थिए । फर्म भरेकाहरुलाई कार्यालयले छनौट समिति निर्माण गरी अन्तवार्ताका लागि छनौट गरेको थियो । सहभागि भएकामध्येबाट २० जना छनौट गरी ३ जनालाई बैकल्पिकमा राखिएको उहाँले बताइएको छ ।
उक्त तालिम सहभागीलाई बेसीशहर नगरपालिका ८ सेरास्थित कालिका ड्राईभिङ सेन्टरका कर्मचारीहरुले प्रशिक्षण दिने छन् । चारपाङ्ग्रे गाडीको प्रयोग गरी ड्राईभिङका लागि आवश्यक सवै कुराहरु प्रयोगत्मक सिकाईने भएकोछ ।
उद्घाटन कार्यक्रम कार्यालयका प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक प्रज्वल विक लगायत प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कार्यालयका लेखापाल ख्यामप्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यालय प्रत्येक वर्ष विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गरी जिल्लाका युवायुवतीहरुलाई स्वरोजगार बनाउदै आएको छ ।


FLASH NEWS