Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

लमजुङको राइनासमा शैक्षिक मेला, विद्यार्थीहरुको प्रतिभा पहिचान गर्न सहज हुने

रेडियो भोटेओडार १९ कार्तिक २०८०, आईतवार २०:५६ मा प्रकाशित ( ५ महिना अघि) ६५९५ पाठक संख्या

भोटेओडार समचार
लमजुङको राइनास नगरपालिमा राइनास नगरपालिका स्तरिय २ दिने शैक्षिक मेला तथा प्रतिभा पहिचान कार्यक्रम २०८० सञ्चालन गरिएको छ ।राइनास नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा तिन्पिप्लेको आयोजनामा कला ,सिर्जना र वौद्धीकताको भेला ,,मनोरञ्जनपुर्ण सिप विकासको लागि राइनासको शैक्षिक मेला,,भन्ने मुल नारा सहित कार्यक्रमको आयोजना गरिएको हो ।
राइनास नगरपालिका वडा नं ७ मा रहेको गरम्बेसी स्थित शारदा मावी मा कार्यक्रम भएको हो ।
कार्यक्रममा नगरपालिका भरका विद्यालयहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको राइनास नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।

 


FLASH NEWS