Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

राइनास विमिरे हुँदै सिख्रगाँउ जाने ४ सय मि.बाटो स्थानिय विकद्धरा आफ्नै लागतमा निर्माण

रेडियो भोटेओडार २३ आश्विन २०८०, मंगलवार १४:४० मा प्रकाशित ( ६ महिना अघि) ९३०४ पाठक संख्या

लमजुङको राइनास नगरपालिकामा एक व्यत्तिले ४ सय मिटर बाटो स्वयम् आफ्नै लगानिमा निर्माण गरिरहेका छन् ।
राइनास नगरपालिका वडा नं ८ स्थित बिमिरेमा बसोबास गर्दै आउनुभएका बाबुराम वि.क ले यस कार्य गर्नुभएको हो । बिमिरे हुदै सिख्रगाँउ पुग्ने बाटो निकै समय अघिबाट अलपत्र भएको थियो ।
वि.क को घरछेउ नजिकैबाट यस गाँउ पुग्न सकिन्छ तर गाँउजाने बाटोको मुल खण्ड नै बिग्रीएपछि ,गाँउजाने मानिसहरुको लागि सहजहोस् भनि काम गर्नलाग्नु भएको उहाँ बताउनुहुन्छ ।
करिब ४ सय मि.को बाटो बनाउन हालसम्म ४ ट्याक्टर ढुङ्गा लागिसकेको र अझै केहि ट्याक्टर ढुङ्गा लाग्ने बताउनुभयो ।यो समयमा मजदुरको मात्रै दिनमा ३ हजार खर्च लाग्ने पनि उहाँको भनाइ छ ।बाटो निर्माणमा ५० हजार बढी लगानि लाग्ने अनुमान उहाँले गर्नुभएको छ ।
केहि समयअघि मात्रै यहि बाटोहुँदै गाँउबाट बेसि सम्मन झर्ने क्रममा एकजना स्थानिय लडेर घाइते समेत भएका स्थानिय ४२ बर्षिय रामबहादुर नेपालि बताउछन् ।
गाँउघर जानेबाटो सिख्रको मात्र होइन पछिल्लो समय राइनासका धेरै गाँउहरुको अवस्था तेस्तै छ । तर पनि सम्बन्धित निकायको ध्यान न गैराखेको बेला वि.क भने सामाजिक कार्यमा लागि परेका छन् ।

 


FLASH NEWS