Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

लमजुङमा साढे ३ महिनामा साढे २८ लाख विद्युत् महसुल उठाउन बाँकी, केन्द्रद्धरा महसुल नतिर्ने १ सय ८३ उपभोक्ताको विद्युत् लाइन काटिएको

रेडियो भोटेओडार २१ कार्तिक २०८०, मंगलवार १९:०३ मा प्रकाशित ( ५ महिना अघि) ७८३४ पाठक संख्या

भोटेओडार समाचार

लमजुङमा साढे २८ लाख रुपैया विद्युत महसुल उठ्न बाँकी रहेको छ । चालु वर्षको हालसम्ममा मात्रै २८ लाख ४७ हजार ६ सय ६४ रुपैया ९९ पैसा महसुल उठ्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ ।

कार्यालयको तथ्याङ्क हेर्दा साउनबाट कात्र्तिक महिनाको हालसम्ममा केन्द्रले महसुल नतिर्ने १ सय ८३ उपभोक्ताको विद्युत् लाइन काटिएको छ । उनीहरुबाट १९ लाख ९१ हजार १ सय १ रुपैया २३ पैसा उठ्न बाँकी रहेका केन्द्र प्रमुख इन्जिनियर मेघनाथ भट्टराईले बताउनुभयो ।
उक्त उपभोक्ताहरुमध्येमा १ सय ३९ उपभोक्ताले काटेको लाइन पुनः जोडेको उहाँले बताउनुभयो । उनीहरुबाट १५ लाख ३४ हजार ६ सय ९६ रुपैँया ४९ पैसा असुली गरेको केन्द्र प्रमुख भट्राईको भनाई छ । उक्त लाइन काटिएका ४४ जना उपभोक्ताबाट राजस्व उठ्न बाँकी रहेको छ ।

कार्यालयले यस चालु वर्षको हालसम्ममा ६२ लाख २७ हजार ५ सय ८६ दशमलव ८८ युनिट विद्युत विक्री गरेको छ । विद्युत विक्रीबाट विक्रीबाट ५ करोड ८५ लाख ४३ हजार ८४ रुपैया ९९ पैसा सङ्कलन भएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यस वर्षमा विद्युत् चोरी गर्ने १ जनालाई कारबाही गरिएको छ । कारबाहीबाट ५ हजार २ सय रुपैयाँ जरिवाना असुल गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रले गत वर्षमा महसुल नतिर्ने १ हजार ४६ उपभोक्ताको विद्युत् लाइन काटेको थियो । उनीहरुबाट १ करोड ८९ लाख ८४ हजार ४ सय ५३ रुपैया ७२ पैसा महसुल उठ्न बाँकी रहेका केन्द्र प्रमुख भट्टराईले बताउनुभयो ।

उक्त उपभोक्ताहरुमध्येमा ८ सय ९६ उपभोक्ताले काटेको लाइन पुनः जोडेको उहाँले बताउनुभयो । उनीहरुबाट १ करोड २३ लाख १३ हजार २ सय ६८ रुपैया २७ पैसा असुली गरिएको थियो । लाईन काटीएका १ सय ५० जना उपभोक्ताबाट ८ लाख ५९ हजार ४ सय ४९ रुपैँया महसुल उठ्न बाँकी रहेका छ ।

गत बर्ष २ करोड २५ लाख ४१ हजार ७ सय ३ युनिट विद्युत् बिक्री गरी २० करोड ३० लाख ५३ हजार ८ सय ११ रुपैँया सङ्कलन भएको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा विद्युत् चोरी गर्ने ७ जनालाई कारबाही गरिएको थियो । उनीहरूबाट ५२ हजार ६ सय २७ रुपैयाँ जरिवाना असुल गरिएको केन्द्रले जनाएको छ ।

 


FLASH NEWS