Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

राइनास ८ मा धान बालिमा विषादीको प्रयोग गरेमा कारबाही हुने

रेडियो भोटेओडार १२ भाद्र २०८०, मंगलवार १८:१६ मा प्रकाशित ( ८ महिना अघि) ८९४७ पाठक संख्या

सुबास मजाकोटी- लमजुङको राइनास नगरपालिका वडा नं ८ लाई मौरीको पकेट क्षेत्रका रुपमा चिनिन्छ ।मौरी पालन गरि राम्रै कमाइ गरिरहेका छन् यस ठाउँमा व्यवसायीक मौरी पालन गरिहेका कृषकहरुले ।
तर पछिल्ला केही दिनयता वडा कार्यलय तथा सम्बन्धित निकायले गरेको स्थलगत निरिक्षणबाट यस ठाउँमा धान बालिमा विषाधीको. प्रयोग गरेको पाइएको तथा विषादीको प्रयोगले मौरीहरु मर्न सक्ने र मौरी पालन व्यवसाय गरिरहेका किसानहरुले ठुलो नोक्सानि बेहोर्न पर्न सक्ने भएकाले धान बालिमा विषादी प्रयोग नगर्न वडा कार्यलयले यस क्षेत्रका किसानहरुलाई आग्रह गरेको छ ।
साथै अबका दिनमा धान बालिमा विषदीको प्रयोग गरेको पाइएमा क्षतिपुर्ति सहित कारबाही गर्ने समेत वडा ले जनाएको छ ।
खेतबारीमा प्रयोग गरिने विषदिको कारण वातावरण तथा मानव स्वास्थ्यमा नकरात्मक असर पर्ने र माटोको उर्वरा शक्तिलाई ह्रास गर्ने बताउद खेतबालिमा जैविक मलको प्रयोग गर्न अनु्रोध गरेको छ ।


FLASH NEWS