Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

मौलिक सँस्कृति जोगाउन जुट्दै राइनासको रुद्र देवी थुथ क्लब

रेडियो भोटेओडार ६ कार्तिक २०८०, सोमबार ०९:४८ मा प्रकाशित ( ६ महिना अघि) ७०३६ पाठक संख्या

सुबास मजाकोटी-  लमजुङको राइनास  नगरपालिका वडा नं ८ मा रहेको रुद्र देवि थुथ क्लबको आयोजनामा आइतबार विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं ८ मा रहेको रुद्र देवि मन्दिर परिसरमा क्लबका अध्यक्ष प्रदिप जङ गुरुङको अध्यक्ष्तामा भएको कार्यक्रममा राइनास नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कृष्ण बहादुर रानाभाटको प्रमुख आतित्यथा रहेको थियो ।
कार्यक्रम विगतका वर्षहरुमा पनि सञ्चालन गरिएको र यस वर्ष पनि निरन्तरता दिइएको आयोजकले बताएको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष रानाभाटले हाम्रा मौलिक सँस्कृति बचाउनु पर्नेमा जोड दिनु भयो ।
साथै युवा पुस्तामाझ हाम्रो सस्कृति पुस्तान्तरण हुन रहेको बताउदै आगमि दिनमा पनि क्लबले आयोजना गर्ने कार्यक्रमहरुमा वडाले पुण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुृभयो ।
कार्यक्रममा स्थानिय कलाकारहरुद्धरा बेजोड साँस्कृतिक प्रस्तुति देखाइएको थियो।
कार्यक्रम स्थलमा करिब २ सय भन्दा बढिको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

 


FLASH NEWS