Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

राष्ट्रिय भूमी आयोग जिल्ला समिति लमजुङले कार्तिक २४ गते शुक्रबार सुन्दरबजारमा लालपूर्जा बितरण गर्ने।

रेडियो भोटेओडार १९ कार्तिक २०८०, आईतवार २०:२६ मा प्रकाशित ( ५ महिना अघि) ५४६१ पाठक संख्या

भोटेओडार समचार

राष्ट्रिय भूमी आयोग जिल्ला समिति लमजुङले हालसम्म विभिन्न ६ वटा पालिकामा निस्सा वितरण गरेको छ । समितिले बेसीशहरमा आइतबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको होे ।
राष्ट्रिय भूमी आयोग जिल्ला समिति लमजुङका अध्यक्ष दामोदर अधिकारीले जिल्ला समितिले हालसम्म सुन्दरबजार नगरपालिका, राइनाश नगरपालिका, दोर्दी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका, मध्यनेपाल नगरपालिका र दुधपोखरी गाउँपालिकामा निस्सा वितरण कार्य सकिएको जानकारी गराउनुभयो ।
कार्यक्रमकै अवसरमा उहाँले राष्ट्रिय भूमि आयोग जिल्ला समिति लमजुङले सुन्दरबजार नगरपालिका भित्र बसोबास गर्ने भूमिहीन दलित ७ र भूमिहीन सुकुम्बासीहरु २४ जना गरि ३१ जनाका निम्ति तयार गरेका लालपूर्जा कार्तिक २४ गते सुन्दरबजार नगरपालिकाको सभाहलमा वितरण गर्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार सुन्दरबजार नगरपालिका वडा नं. ६ मा बसोबास गर्ने २ जना भूमिहीन र वडा नं. ७ मा बसोबास गर्ने १६ जना भूमिहीनहरुलाई सुन्दरबजार नगरपालिका वडा नं. ७ टुनिपाटोमा १३० बर्गमिटरका दरले र सुन्दरबजार नगरपालिका वडा नं. ९ मा बसोबास गर्ने १५ जना भूमिहीनहरुलाई सुन्दरबजार नगरपालिका वडा नं. ८ पिपलपाटामा १५८.९ बर्गमिटरका दरले जग्गा ब्यबस्था गरिएको छ ।
यस्तै, सुन्दरबजार नगरपालिका वडा नं. ९ मा बसोबास गर्ने १ जना भूमिहीन निवेदक बैदेशिक रोजगारिमा रहेको र नीजकोे नाममा फिल्ड बुक श्रेष्ता तयार भएपनि पूर्जा वितरण प्रक्रिया स्थगित भएको उहाँले बताउनुभयो ।
यस्तै, उहाँले सुन्दरबजार नगरपालिका वडा नं. ३ चन्द्रेश्वरमा बसोबास गर्ने २ जना, वडा नं. ४ दुराडाँडामा बसोबास गर्ने १ जना र सुन्दरबजार नगरपालिका वडा नं. ७ सुन्दरबजारमा बसोबास गर्ने ७ जना, वडा नं. ११ सिन्दुरेमा बसोबास गर्ने ४ जना गरि जम्मा १४ जना भूमिहीनहरु प्रामाणित गरिसकिएको, उपयुक्त जग्गा ब्यबस्था गर्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।
सुन्दरबजार नगरपालिका अन्तर्गत अब्यबस्थित वसोबासी ७३ जनाको पहिचानिकरण संम्पन्न भएको र २१ जनाको पारिवारिक विवरण संकलन भएको उहाँले बताउनुभयो ।


FLASH NEWS