Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

सुन्दरबजार ७ पाखाटारमा मर्रस्याङ्दी पाखा सामुदायीक बन उपभोक्ता समितिको १८ औँ साभरण सभा सम्पन्न

रेडियो भोटेओडार २० आश्विन २०८०, शनिबार १८:३८ मा प्रकाशित ( ६ महिना अघि) ८१७० पाठक संख्या

सुबास मजाकोटी – लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ७ पाखाटारमा रहेका मर्रस्याङ्दी पाखा सामुदायीक बन उपभोक्ता समितिको शनिबार १८ औँ साभरण सभा सम्पन्न भएको छ ।
पाठाटारमा स्थित अन्नपुर्ण मन्दिरको हलमा भएको सभा समितिका अध्यक्ष उत्तम राज मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतित्यथा सुन्दर बजार नगरपालिका वडा नं ७ का वडा अध्यक्ष जयराम रेग्मिको प्रमुख आतित्यथा रहेको थियो ।
सभामा बोल्दै प्रमुख अतिथि रेग्मिले सामुदायीक बन समितिले मर्स्याङ्दिको किनारा त्यसै खालि रहेको पाखोमा समितिले बृक्षा रोपणगरि हरा भरा बनाएको र त्यसले बाढि, पहिरो भुक्षय जस्ता प्रकृतिक बिपत्ति रोकि बाताबणमा ठुलो योगदान पुर्याउनुको साथै काठ र सुकेका मरेका रुख बाट दाउरा बेचि आम्दानि समेत गर्न सफल भयकोमा खुसि ब्यक्त गर्नु भयो ।

हाल मर्रस्याङ्दी पाखा सामुदायीक बन उपभोक्ता समितिमा बैकमा नगद रु ५ लाख ५० हजार २ सय ५५ रहेको बताउदै समितिका अध्यक्ष उत्तमराज मिश्रले सम्पुर्ण उपभोक्ता समिति र सदस्यहरुको सहयोगमा समिति अहिलेको स्थिति सम्म आउन सफल भयकोमा सबै लाई धन्यवाद व्यक्त गर्नुभएको थिया ।

कार्यक्रममा सुन्दर बजार नगर कार्यपालिका सदस्य बिल बहादुर घर्ति ,कृस्न प्रसाद पाण्डे , ऋसिराम पोखरेल लगाएत उपभोक्ताहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन समितिका सचिब शिवकुमार पोखरेलले गर्नुभयको थियो ।


FLASH NEWS