Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

किसानलाई दशैँको बेलामा पनि धान भित्र्याउने चटारो, समयमै मल प्राप्त गर्न नसकेकाले वर्षेनि उत्पादनमा कमी आएको किसानको गुनासो

रेडियो भोटेओडार १० कार्तिक २०८०, शुक्रबार १७:०१ मा प्रकाशित ( ६ महिना अघि) ७८३४ पाठक संख्या

सुबास मजाकोटी –  लमजुङ राइनासका किसानलाई दशैँको बेलामा पनि धान भित्र्याउने चटारो छ । लमजुङ राइनास हर्रबोटका किसान धान काट्न, बिटा लगाउन लागिपरेका छन् ।

यस वर्ष पानी धेरै परेकाले गएको वर्षको भन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले वर्षेनि उत्पादनमा कमी आएको उनीहरूको गुनासो छ ।

धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले वर्षेनि झेल्दै आएका छन् । हर्रबोटका किसान कमला बि.क ले धान पाकिसकेकाले दशैँको बेलामा पनि धान काट्न व्यस्त रहेको बताउनुभयो ।

राइनाससँगै अहिले लमजुङका भोटेओडार,सुन्दरबजार,मध्येनेपाल लगायतका क्षेत्रका किसानलाई धान भित्र्याउने चटारो छ ।

 


FLASH NEWS