Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

सुन्दरबजारको पाँदीमा दोश्रो खुल्ला वडा अध्यक्ष कप फुटबल प्रतियोगिता जारिः दोस्रो चरणका २ खेल सम्पन्न

रेडियो भोटेओडार २७ कार्तिक २०८०, सोमबार १८:५० मा प्रकाशित ( ५ महिना अघि) ६४९० पाठक संख्या

बिराट न्यौपाने

सुन्दरबजार न पा ७ पाउदीमा रहेको दोभान एकता युवा क्लबको आयोजनामा मर्स्याङ्दी आधार्भुत बिध्यालयको खेल मैदानमा शुक्रबारदेखि दोश्रो खुल्ला वडा अध्यक्ष कप ७ ए  साइज फुटवल प्रत्तियोगिता सञ्चालन गरीएको छ ।

सोमबार सम्म पहिलो चरणका सबै खेल र अन्डर ३० भेट्रान तर्फ सबै खेल सम्पन्न भएका छन।

अन्डर ३० भेट्रान खेलको फाईनलमा सुन्दरबजार नगरपालिका वडा नं. ७ सहकाले पाउँदी र बिवाईसि भोटेओडार बिच प्रतिस्पर्धा हुने भएको छ। दुबै तर्फको फाईनल खेल समापनको दिनमा गर्ने आयोजकले बताएको छ।

खेलमा खुल्ला फुटबल तर्फ २५ टिम र भेट्रान तर्फ ६ टिम दर्ता भएका कल्बका अध्यक्ष शुक्रबहादुर अधिकारिले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्येक खेलमा जज टिम र रेफ्रिको निर्णय अनुसार उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडिलाई म्यान अफ दि म्याच घोषणा गरि मेडल प्रदान गरिएको छ।

खुल्ला वडा कप संचालनमा सु.न.पा. ७ मुख्य प्रायोजक रहेको छ। प्रथम पुरस्कारको प्रायोजन आदर्श भूतपूर्व बिधार्थी समाज, सान्त्वना पुरस्कारको प्रायोजन २ टिमको लागि क्रमश: फ्युचर स्टार आबासिय मा.बि. का कोओडिनेटर बाबुराम पौडेल र सुन्दर बजार नगरपालिका वडा नं. ७ निबासि नारायण मिश्रले गर्नुभएको छ। सुन्दरबजार हार्डवयर एण्ड सप्लायर्शका प्रोपाईटर पवन रेग्मि ले रु. १५,००० सहयोग गर्नु भएको र हाल सम्म ४५ भन्दा बढि सहयोगि संगसंस्था र व्यक्तिहरुबाट सहयोग प्राप्त भएको कल्बका सचिब सुदिपकान्त अधिकारिले जानकारी दिनुभयो।

उहाँका अनुसार सुन्दरबजार अस्पतालले डा. शिशिर बि.क., स्वास्थ्यकर्मी रमेश धौराली र स्वास्थ्यकर्मी सानु तामाङको टोलीलाई प्राथमिक उपचारको लागि खेलमैदानमा सहयोग स्वरुप पठाएको छ। HDCS नमुना सामुदायिक हस्पिटल सुन्दरबजार र पाउँदी फार्मेसी ले प्राथमिक उपचारका लागि आबश्यक औषधिहरु निशुल्क उपलब्ध गराएको छ।स्प्रीङ्गोवाटर प्रा.ली. राईनास ८ बाट २५ कार्टुन पानि सहयोग स्वरुप प्राप्त भएको छ। अस्थायी प्रहरी बिट पाउँदी बाट शुरक्षा प्राप्त भएको र अन्य भौतिक सुबिधाहरु साउण्ड सिस्टम, खेलमैदान लगाएत मर्स्याङ्दी आधारभूत बिध्यालयले उपलब्ध गराएको छ।

ANFA रेफ्रि सरोज ठकुरीको नेतृत्वमा श्री चन्डी प्रसाद गणका किसान झेडिमगर र मनोज सुनारले खेल खेलाईरहनुभएको छ।

सोमबार खेल हेर्नको लागि सुन्दरबजार नगरपालिका वडा नं. ७ का अध्यक्ष जयराम रेग्मी, सुन्दर बिउ उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष शिव कुमार पोख्रेल, कल्बका पूर्व अध्यक्ष एवंम पाउँदी ढिक खानेपानि तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बिष्णु प्रसाद पौडेल, कर्मदा सिर्जना मन्चका कार्यबाहक अध्यक्ष तथा समाजसेबि लक्ष्मी प्रसाद मिश्र लगाएत, कल्बका अध्यक्षहरु, खेलप्रेमि दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको क्लबका अध्यक्ष शुक्रबहादुर अधिकारीले जानकारी दिनुभयो।

प्रतियोगितामा प्रथम, द्दितिय र सान्त्वना हुने २ टिमलाई क्रमश: नगद १ लाख, पचास हजार र दश हजारको साथ मेडल प्रमाण पत्र तथा, भेट्रान तर्फ बिजेतालाई आकर्शक पुरस्कार प्रदान गरिने कल्बले जनाएको छ।


FLASH NEWS