Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

• मानबसेवा आश्रम बेशिसहरमा लगाईएयो सामुहिक भाईटिका: आश्रमको राष्ट्रिय उद्दार यात्रा २०८० जारि

रेडियो भोटेओडार २९ कार्तिक २०८०, बुधबार १७:४९ मा प्रकाशित ( ५ महिना अघि) ६८०५ पाठक संख्या

भोटेओडार समाचार

यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार लमजुङको बेशिसहरस्थित मानबसेवा आश्रममा  रहेका अनाथ तथा बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन्।

मानबसेवा आश्रम केन्द्रिय सदस्य, गण्डकी प्रदेश तथा लमजुङ जिल्ला संयोजक अनिता अधिकारिका अनुसार आश्रममा रहनुभएका ३० जना आश्रित हरुले एक आपसमा सामुहिक भाईटिका लगाएको जानकारी दिनुभयो।

उहाँका अनुसार आश्रममा रहनुभएका बुझ्ने बुबा हरुले आमा हरुलाई दिदी बहिनि मानेर र बुझ्ने आमा हरुले बुबा हरुलाई दाजुभाई मानेर  तथा बालबालिका हरुले आ-आफू दाजु बहिनि, दिदी भाईको सम्बन्ध राखेर टिका लगाईएको हो।

आश्रममा यमपन्चक अर्थात तिहारको शुरुबाति दिन देखि नै सामुहिक पुजा पाठ गर्दै आईएको आश्रम परिवारले जनाएको छ।

हाल मानब सेवा आश्रम बेशिसहरमा बालबालिका ४ जना, पुरुष १६ जना र महिला १० जना गरि ३० जना रहनुभएको छ।

मानब सेवा आश्रमले  चाडपर्वको बेला कोहि पनि सडकमा बस्न नपरोस भन्ने उद्देश्यका साथ २०८० साल असोज २७ गते देखि मंसिर ४ गते सम्म राष्ट्रिय उद्दार यात्रा २०८० पनि संचालन गरिरहेको छ। यात्रा अन्तर्गत लमजुङ आउने क्रममा  अभियान्तहरुलाई कार्तिक २३ गते समन्वय समिति लमजुङको आयोजनमा स्वागत तथा सम्मान गरिएको थियो ।

मानब सेवा आश्रम बेशिसहरमा हाल ४ जना सेवामा र २ जना स्वंयम सेवामा रहनु भएको छ।


FLASH NEWS