Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 26, Apr, 2024

लमजुङको दोर्दी गाउँपालिकामा ‘हेलो आमा’ कार्यक्रम संचालन

रेडियो भोटेओडार २६ कार्तिक २०७७, बुधबार १६:३१ मा प्रकाशित ( ३ साल अघि) ३८७०४ पाठक संख्या

श्यामशितल परियार
लमजुङको दोर्दी गाउँपालिकाले ‘हेलो आमा’ कार्यक्रम संचालन गरेको छ । गर्भवती, सुत्केरी महिलालाई लक्षित गर्दै गाउँपालिकाले यसवर्षदेखी यो कार्यक्रम संचालन गरेको हो । यस कार्यक्रमका लागि गाउँपालिकाले ४ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

स्वास्थ्य शाखा, दोर्दी गाउँपालिकाले गभर्वती, सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्यलाई ख्याल गर्दैै यसवर्षदेखी गाउँपालिकामा यो कार्यक्रम संचालनमा ल्याइएको शाखाका हेल्थ असिस्टेण्ट सुजन सुनारले जानकारी दिनुभयो ।

गाउँपालिकाका अनुसार ‘हेलो आमा’ कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न पालिकाभित्र रहेका १० वटा स्वास्थ्य केन्द्रमा रहेका एक–एक जना अनमीलाई फोकल पर्सन तोकी, खटाइएको छ । कार्यक्रमबारे उनीहरुलाई अभिमुखीकरण समेत गराइएको छ ।

फोकल पर्सनलाई रिचार्ज कार्डको व्यवस्था गरिएको छ । फोकल पर्सनले फोनमार्फत नै गर्भवती महिला, सुत्केरी महिलालाई आवश्यक स्वास्थ्य परामर्श दिनेछन् । स्वास्थ्यसम्बन्धीका जानकारी महिलाहरुले फोकल पर्सनलाई फोनमार्फत नै सोध्न सक्नेछन् ।

उहाँका अनुसार यस कार्यक्रमअन्तर्गत सरकारको प्रोटोकलअनुसार गाउँपालिकाभित्रका गभर्वती महिलाले स्वास्थ्य संस्थामा गई ४ पटक गर्भजाँच गराएमा ५ सय रुपैयाँ बराबरको अण्डा, चना उपहारस्वरुप प्रदान गरिनेछ ।

यस्तै, स्वास्थ्य संस्थामै गएर प्रसुती गराएमा ५ सय रुपैयाँ बराबरको ‘हाइजिन किट’ उपहारस्वरुप उपलब्ध गराइनेछ । सरकारको प्रोटोकलअनुसार सुत्केरी महिलाले ३ पटक सुत्केरी जाँच गराएमा पनि ५ सय रुपैयाँ बराबरको घ्यू उपलब्ध गराइनेछ । गाउँपालिकाअनुसार यसवर्ष गाउँपालिकाभित्रका १ सय २० महिलालाई यस उपहार प्रदान गर्ने लक्ष्य राखिएको छ ।

यसैगरी, आर्थिक अवस्था कमजोर रहेका महिलालाई ‘डेलिभरी’का लागि प्रसुती केन्द्रसम्म ल्याउनका लागि नियमानुसार यातायात खर्च उपलब्ध गराइने उहाँले बताउनुभयो ।

यसवर्ष गाउँपालिकामा घरमै हुने सुत्केरी (होम डेलिभरी)लाई न्यूनिकरण गर्ने र अर्को वर्षसम्म गाउँपालिकाभित्र ‘होम डेलिभरी’लाई शून्यमा झार्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।


FLASH NEWS