Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 26, Apr, 2024

लमजुङको स्याँगे झरनामा व्यवसायिक रुपमा ‘जिपलाइन’ संचालन

रेडियो भोटेओडार ५ मंसिर २०७७, शुक्रबार १५:५३ मा प्रकाशित ( ३ साल अघि) २४२५६ पाठक संख्या

श्यामशितल परियार
लमजुङको मस्र्याङ्दी गाउँपालिका–४, स्याँगे झरनामा व्यवसायिक रुपमा ‘वाटरफल जिपलाइन एड्भेन्चर’ संचालन गरिएको छ ।

पहिलदेखी नै पर्यटकको रोजाइँमा पर्दै आएको स्याँगे झरनामा पर्यटकको थप आकर्षण बढाउनुका साथै पर्यटन प्रवद्र्धनका लागि जिपलाईन निर्माणसंगै सफल परीक्षण समेत भइसकेपछि अहिले व्यवसायिक रुपमा संचालनमा ल्याइएको मस्र्याङ्दी गाउँपालिका–४, का वडाअध्यक्ष सुमन गुरुङले बताउनुभयो ।

सरोकारवाला पक्षसंगको छलफलपछि वडाले जिपलाइन संचालनको जिम्मा स्थानीय कन्यादेवी युवा क्लवलाई दिएको छ । स्थानीय युवा रामप्रसाद गुरुङको संयोजकत्वमा जिपलाइन संचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

छलफलबाटै प्रति ‘जिप फ्लाएर’ टिकट शुल्क २ सय रुपैयाँ निर्धारण गरिएको छ । अहिले दैनिक झरनामा २५ जना हाराहारीमा पर्यटक आउने गरेको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।
उहाँका अनुसार जिपलाइन संचालनबाट संकलित रकमबाट क्लवले वार्षिक रुपमा गाउँपालिकालाई मनोरञ्जन कर बुझाउनुका साथै जिपलाइन संचालन, मर्मत सम्भार तथा अन्य सामाजिक सेवाका क्षेत्रमा खर्च गर्नेछ ।

‘जिप फ्लाएर’ले हार्नेस बाँधेर घिर्निका माध्यमबाट जिपलाइनका माध्यमबाट वारपार गर्छन् । बाह्रै महिना चिसो पानीसहित कलकल झर्ने स्याँगे झरनामा बाह्रै महिना जिपलाइन संचालन गर्न सकिन्छ ।
बेसीशहर चामे सडकखण्ड आडैमा पर्ने स्याँगे झरनामा जिपलाइन संचालनमा ल्याइएसंगै यसले आन्तरिक तथा बाह्य दुवै पर्यटकको ध्यान खिच्ने उहाँले बताउनुभयो ।

मस्र्याङ्दी गाउँपालिकाको ५ लाख, अपर स्याँगे जलविद्युत आयोजनाको २ लाख (जिपलाईन निर्माणका लागि केवल उपलब्ध)का साथै स्थानीय श्रमदान समेत गरी झण्डै साँढे ८ लाखको लागतमा ‘वाटरफल जिपलाइन’ निर्माण गरिएको हो ।

स्याँगे झरनाको वारपार केवल (डोरी) टाँगिएको छ । जिपालाइनको कुल लम्बाई १ सय ३० मिटर रहेको छ । तीन ठाउँमा ‘ब्रेकर’ राखिएको छ ।


FLASH NEWS