Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 26, Apr, 2024

लमजुङमा यसवर्ष अलैँची उत्पादनमा वृद्धि : १८ करोड बढि आम्दानी

रेडियो भोटेओडार ३० मंसिर २०७७, मंगलवार १६:०० मा प्रकाशित ( ३ साल अघि) ३५७६४ पाठक संख्या

श्यामशितल परियार
लमजुङमा अलैँची उत्पादन वृद्धि भएको छ । यसवर्ष जिल्लामा ३ हजार ५ सय क्विन्टल अलैँची उत्पादन भएको छ । विगतका वर्षका तुलनामा यसवर्ष अलैँची खेतीको क्षेत्रविस्तारका साथै मौसम राम्रो भएकाले अलैँची उत्पादन बढेको नेपाल अलैँची व्यवसायी महासंघ, गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताउनुभयो ।

‘कोरोना भाइरसका कारण यसवर्ष धेरै मानिस गाउँ पुगे । अलैँचीको राम्रो गोडमेल भयो,’ उहाँले भन्नुभयो, ‘क्षेत्रविस्तारका साथै मौसमले पनि साथ दिएकाले यसवर्ष जिल्लामा विगतको तुलनामा अलैँची उत्पादन बढेको छ ।’

अलैँची बिक्रीबाट यसवर्ष लमजुङमा १८ करोड २० लाख रुपैयाँ जिल्ला भित्रिएको छ । जिल्लामा हाल १५ सय हेक्टर क्षेत्रफलमा अलैँची खेती विस्तार भएको छ । अजयका अनुसार यसवर्ष किसानले प्रतिकेजी ५ सय २० रुपैयाँमा अलैँची बिक्री गरेका छन् ।

गतवर्ष १२ सय हेक्टर क्षेत्रफलमा अलैँची लगाइएकोमा २ हजार क्विन्टल अलैँची उत्पादन भएको थियो । अलैँची बिक्रीबाट १२ करोड रुपैयाँ आम्दानी भएको थियो । गतवर्ष किसानले प्रतिकेजी ६ सय रुपैयाँमा अलैँची बेचेका थिए ।

विगतका वर्षका तुलनामा यसवर्ष कम मूल्य पाएतापनि किसानले उत्पादन गरेका अलैँचीले बजार नपाउने अवस्था भने नरहेको उहाँले बताउनुभयो । जिल्लाको अलैँची गुणस्तर रहेकाले अलैँची खरिदका लागि व्यापारीहरु यहाँका गाउँगाउँ पुग्ने गरेका अध्यक्ष तामाङले बताउनुभयो ।

लमजुङमा झण्डै २५ हजार किसानहरु यस खेतीमा लागेका छन् । यहाँका किसानहरुले रामसाइ, गोलसाइ, डम्बरसाइ, साउने, जिर्मले, भर्लाङ्गे जातको अलैँची लगाउँदै आएका छन् ।


FLASH NEWS