Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 26, Apr, 2024

लमजुङको दोर्दी गाउँपालिकाद्धारा सडक हेरालु राखियो ः सडक संरक्षणका साथै बेराजगार युवालाई रोजगारी दिने उद्धेश्य

रेडियो भोटेओडार २ भाद्र २०७८, बुधबार १२:०२ मा प्रकाशित ( २ साल अघि) ५७७५१ पाठक संख्या

 चाँन्दनी अधिकारी लमजुङको दोर्दी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सडक संरक्षणका लागि सडक हेरालु राखेको छ । गाउँपालिकाको अध्यक्ष रोजगार कार्यक्रम अन्र्तगत स्थानीय बेरोजगार १८ जना युवालाई सडक हेरालुको रुपमा राखिएको गाउँपालिकाका रोजगार संयोजक एवं सूचना अधिकारी धर्म गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकामा रहेका बेराजगार युवालाई घरगाउँमै रोजगारी दिने उद्धेश्यले वडाको सिफारिसमा बेरोजगार युवालाई गाउँपालिकाले ३ महिनाका लागि सडक हेरालुको रुपमा नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।
बर्खाको समयमा सडक बिग्रेका कारण सवारी संचालनका साथै आवत–जावतमा असहज हुने भएकाले सडक सरसफाइका साथै मर्मत सम्भार गरी सडक संरक्षणका साथै सवारी संचालनमा सहजता ल्याउनका लागि सडक हेरालु राखिएको सूचना अधिकारी गुरुङले बताउनुभयो ।
उहाँका अनुसार हरेक वडाबाट २ जनालाई छनौट गरी सडक हेरालुको रुपमा राखिएको हो । सडक हेरालुहरुले भदौ, असोज र कात्तिक महिनासम्म सडक, नाला सरसफाइका साथै ममर्तसम्भार गर्नेछन् ।
प्रति सडक हेराुलले मासिक १७ हजार ३ सय १० रुपैयाँ पारिश्रमिक पाउनेछन् । उनीहरुले दैनिक बिहान १० बजेदेखी साँझ ५ बजेसम्म काम गर्नुपर्नेछ ।
सडक हेरालुहरुलाई गाउँपालिकाका ओभरसियर विश्वास पाण्डले सडक संरक्षणका विषयमा अभिमुखीकरण समेत गराउनुभएको छ । सडक हेरालुलालाई ठेलागाडा, गैँची, बेल्चा, गम बुट, ज्याकेट लगायतका सामग्री पनि उपलब्ध गराइएको छ ।
घरगाउँमै सडक हेरालुको रुपमा रोजगारी पाउँदा स्थानीय युवाले खुशी व्यक्त गरेका छन् ।
सडक हेरालुलाई सडक संरक्षणमा जुट्न गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले अनुरोध गर्नुभएको छ ।

 


FLASH NEWS