Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 26, Apr, 2024

सुन्दरबजार नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह 

रेडियो भोटेओडार २८ मंसिर २०७८, मंगलवार १२:५९ मा प्रकाशित ( २ साल अघि) २२९९६ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिकाले आफ्नै नवनिर्मित सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको छ । सुन्दरबजार नगरपालिका–६, ठाँटीचौरमा नगरपालिकाको प्रमुख प्रशासकीय भवन बनेसंगै सोमबारबाट नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरिएको योजना शाखा, सुन्दरबजार नगरपालिकाका प्रमुख एवं सूचना अधिकारी ऋषिराम पौडेलले जानकारी दिनुभयो ।
यसअघि नगरपालिकाले सुन्दरबजार नगरपालिका–६, मा रहेको कृषि उपज संकलन केन्द्रको भवनबाट सेवा प्रवाह गर्दै आएको थियो ।
‘सोमबार एक कार्यक्रमकाबीच वास्तु पूजा एवं गृह प्रवेश गरिनुका साथै नगरपालिका सेवा नव निर्मित भवनबाट सेवा दिन थालिएको हो,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार १२ कोठे यस भवनमा नगरप्रमुख, नगरउपप्रमुखको कार्यकक्ष, प्रशासन शाखा, योजना शाखा, आर्थिक प्रशासन शाखा, राजश्व, सहकारी, स्टोर, जिन्सी, शिक्षा शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, राष्ट्रिय पञ्जीकरण सामाजिक सुरक्षा शाखा र प्राविधिक शाखा रहनेछन् ।
उहाँका अनुसार कृषि शाखा, पशु सेवा शाखा साविककै कार्यालबाट सेवा प्रवाह गरिनेछ ।
कृषि उपज संकलन केन्द्र भवनमा स्वास्थ्य शाखा, भुकम्प पुनर्निर्माण शाखा, प्रधानमन्त्री रोजगार कार्यक्रम र सुन्दरबजार नगरपालिका वडा नं ६ को वडा कार्यालय रहनेछ ।
भवनको वास्तु पूजा एवं गृह प्रवेश समारोहमा बोल्दै नगरप्रमुख जनकराज मिश्रले आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह गरिएको र यसले सरल, सहज रुपमा नागरिकसम्म सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गर्नुभएको छ ।
आवश्यकता र प्राथमिकताका आधारमा अन्य भौतिक संरचनाहरु पनि निर्माण गरिने उहाँले उल्लेख गर्नुभयो ।
२०७६ साउन ८ गते योजना संझौता भई २०७७ माघ ७ गते नगरपालिकाको भवन निर्माण सकिएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।
३ करोड ४३ लाखको लागतमा यस भवन बनाइएको हो । यस भवनको निर्माणको जिम्मा गणेशकुण्ड आइ.एस. जेभीले पाएको हो ।
गृह प्रवेश समारोहमा जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, नेकपा एमाले, सुन्दरबजार नगर कमिटिका अध्यक्ष भीमबहादुर गुरुङ, समाजसेवी द्धारिका प्रसाद मिश्र लगायत विभिन्न पार्टीका प्रमुख प्रतिनिधि, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायत सरोकारवालाहरुको उलेख्य उपस्थिती रहेको थियो ।

 


FLASH NEWS