Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 26, Apr, 2024

लमजुङमा सत्ता गठबन्धनका चार दलबीच चुनावी तालमेल हुने

रेडियो भोटेओडार २२ चैत्र २०७८, मंगलवार १८:१७ मा प्रकाशित ( २ साल अघि) ११००५ पाठक संख्या

श्यामशितल परियार
वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा लमजुङमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुने भएको छ ।
स्थानीय तहको चुनावमा संघीय सरकारको सत्ता गठबन्धनमा रहेका लमजुङमा क्रियाशिल विभिन्न राजनीतिक पार्टीका प्रमुख बीच मंगलबार बेसीशहरमा बसेको संयुक्त बैठकले जिल्लाका आठ वटै पालिकामा स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय गरेको नेपाली कांग्रेस, जिल्ला कार्य समिति लमजुङका सभापति डा.टकराज गुरुङले जानकारी दिनुभयो ।
लमजुङ कांगे्रस सभापति डा. गुरुङकै अध्यक्षतामा सत्ता गठबन्धनमा रहेका लमजुङमा क्रियाशिल दल नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति, लमजुङका संयोजक मधु अधिकारी गुरुङ, नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटि, लमजुङका अध्यक्ष रामबाबु अधिकारी, जनता समाजवादी पार्टी जिल्ला कार्य समिति, लमजुङका अध्यक्ष गमबहादुर तामाङसहितको बैठकले यस्तो निर्णय गरेको हो ।
यसैगरी, बैठकले नेपाली कांग्रेस जिल्ला कार्य समिति, लमजुङका सभापति डा. गुरुङकै संयोजकत्वमा आसन्न स्थानीय तहको चुनावका सन्दर्भमा जिल्ला समन्वय समिति समेत निर्माण गरिएको छ ।
संयन्त्रको सदस्यमा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति, लमजुङका संयोजक मधुमाया अधिकारी, नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटि, लमजुङका अध्यक्ष रामबाबु अधिकारी, जनता समाजवादी पार्टी जिल्ला कार्य समिति, लमजुङका अध्यक्ष गमबहादुर तामाङ रहनुभएको छ ।
जिल्ला स्थित सत्ता गठबन्धन दलका प्रमुखहरुबीचको बैठकपछि प्रकाशित प्रेस विज्ञप्तीमा जिल्लाका आठ वटै पालिकाहरुमा गठबन्धन दलहरुको संयन्त्र सम्वन्धित दलका प्रमुखहरु रहने गरी निर्माण गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।
पालिकास्तरीय संयन्त्रको संयोजक नेपाली कांग्रेसका सम्वन्धित पालिकाका सभापति, सदस्यमा सम्वन्धित पालिकाका गठबन्धन दलका अध्यक्ष वा प्रमुख रहने निर्णय भएको छ ।
गठबन्धन दलहरुका बीच गठबन्धनको मर्म र भावना अनुसार सुमधुर सम्बन्ध कायम गर्दै दलभित्रका जिम्मेवार नेता तथा कार्यकर्ताहरुले एक आपसमा गठबन्धन विरोधी आरोप÷प्रत्यारोप नगर्न, नगराउन, सामाजिक सञ्जाल लगायतका संचारका माध्यमबाट अशिष्ट गालीगलौज जस्ता गतिविधिरु नगर्न, नगराउन आ–आफ्नो दलका नेता तथा कार्यकर्ताहलाई अपिल गर्ने एवं आपसी सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा स्थानीय तहको चुनावमा सहभागी हुन निर्देशन गर्ने निर्णय समेत भएको विज्ञप्तीमा जनाइएको छ ।
बैठकले आसन्न स्थानीय तहको चुनावका सन्दर्भमा गठबन्धन दलहरुको दलगत वस्तुस्थितिको प्रतिवेदन संयुक्त रुपमा तयार गरी आ–आफ्नो पार्टीको केन्द्रमा पठाउने निर्णय समेत गरेको छ ।


FLASH NEWS