Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

लमजुङमा ट्रिपर दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

रेडियो भोटेओडार १५ जेष्ठ २०७९, आईतवार १८:१९ मा प्रकाशित ( १ साल अघि) ३५२८१ पाठक संख्या

 

लमजुङको मध्यनेपाल नगरपालिकामा ट्रिपर दुर्घटना भएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने मध्यनेपाल नगरपालिका–७ सीतीखोला स्थित कल्याणबेसीबाट बतासेचोकतर्फ ढुंगा लोड गरी जाँदै गरेको बा ४ ख ७७८१ नंम्बरको ट्रिपर आइतबार दिउँसो दुर्घटना हुँदा चालकसहित ट्रिपरमा सवार चार जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा ट्रिपर चालक धादिङ गजुरी गाउँपालिका ६ घर भई हाल मध्यपहाडी लोकमार्गमा काम गर्ने अन्दाजी २६÷२७ वर्षका आकाश भनिने विनोद घिमिरे, गोरखा नगरपालिका १२ बस्ने अन्दाजी २३÷२४ वर्षका रविन्द्र सेढाइँ, तनहुँको व्यास नगरपालिका ७ कलेस्ती बस्ने ४५ वर्षका उत्तम न्यौपाने र सल्यान, कुमाख गाउँपालिका बस्ने अन्दाजी २१÷२२ वर्षका पारश शाह रहेको उहाँले बताउनुभयो ।

मृत्यु हुने चारै जना मध्यपहाडी लोक मार्गमा काम गर्ने रहेका उहाँले बताउनुभयो ।

उहाँका अनुसार ट्रिपर सडकबाट झण्डै ३० मिटर खसेको उहाँले बताउनुभयो

 


FLASH NEWS