Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 26, Apr, 2024

लमजुङमा नमूना परिक्षण गरिएका खानेपानीमा इकोली भेटियो : पानी शुद्धीकरण गरी पिउन आग्रह

रेडियो भोटेओडार १८ असार २०७९, शनिबार १०:३८ मा प्रकाशित ( १ साल अघि) १७६२० पाठक संख्या

श्यामशितल परियार
लमजुङका खानेपानीमा ‘इकोली’ भेटिएको छ । स्वास्थ्य कार्यालय, लमजुङले विभिन्न समयमा यहाँका विभिन्न खानेपानी आयोजना तथा खानेपानी उपभोक्ता समितिमार्फत वितरण हुँदै आएका र केही ढुंगे धाराहरुको समेत गरी खानोपनी नमूना परिक्षणका क्रममा खानेपानीमा ‘इकोली’ भेटिएको कार्यालय प्रमुख अमर दवाडीले जानकारी दिनुभयो ।
जिल्लाका आठ पालिकामध्ये सात पालिकामा गरि खानेपानीको नमूना परिक्षण गरिएको १ सय २० नमूनामध्ये ९१ नमूनामा इकोली भेटिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालय, लमजुङका प्रमुख दवाडीका अनुसार मध्यनेपाल नगरपालिकामा खानेपानी नमूना परिक्षण संख्या २२ रहेकोमा इकोली भेटिएको नमूूना संख्या २० रहेको छ ।
सुन्दरबजार नगरपालिकामा खानेपानी नमूना परिक्षण संख्या ३९ रहेकोमा इकोली भेटिएको नमूूना संख्या २७ रहेको छ ।
राइनास नगरपालिकामा खानेपानी नमूना परिक्षण संख्या ८ रहेकोमा इकोली भेटिएको नमूूना संख्या ६ रहेको छ । बेसीशहर नगरपालिकामा २९ नमूना परिक्षणमा गरिएकोमा २२ वटा नमूनामा इकोली भेटिएको छ ।
यस्तै, दोर्दी गाउँपालिकामा खानेपानी नमूना परिक्षण संख्या ५ रहेकोमा इकोली भेटिएको नमूूना संख्या ४ रहेको छ । मस्र्याङ्दी गाउँपालिकामा २ वटा खानेपानी नमूना परिक्षण गरिएकोमा २ वटामै इकोली भेटिएको छ ।
क्वहोंलासोँथर गाउँपालिकामा १४ खानेपानी नमूना परिक्षण गरिएकोमा १० नमूनामा इकोली भेटिएको छ । स्वास्थ्य कार्यालयले बर्खा लाग्नुभन्दा अगाडिका साथै बर्खाको सुरुवातमै विभिन्न खानेपानी आयोजनाको सम्वनिधत उपभोक्ता समितको समन्वयमा खानेपानी नमूना संकलन र परिक्षण गरिने र प्राप्त परिणामका आधारमा पानीको गुणस्तरका लागि पृष्ठपोषण पनि दिने गरेको उहाँले बताउनुभयो ।
बर्खाको समयमा किटजन्य तथा पानीजन्य संक्रमणको जोखिम रहने भएकाले स्वास्थय सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ । पानीजन्य संक्रमणबाट जोगिन पानी शुद्धिकरण गरी पिउन स्वास्थ्य कार्यालय, लमजुङले आग्रह गरेको छ ।


FLASH NEWS