Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 26, Apr, 2024

लमजुङ्गे चेलो राजशान्ति सुनारको मनैछुने गीत सार्वजनिक

रेडियो भोटेओडार २१ असार २०७९, मंगलवार १६:२२ मा प्रकाशित ( १ साल अघि) १२०७६ पाठक संख्या

श्यामशितल परियार
लमजुङ्गे चेला राजशान्ति सुनारको मर्मस्पर्शी ‘आमा–बाबा’ बोलको गीत सार्वजनिक गरिएको छ । जन्मदिने आमा–बाबामा समर्पित यस गीत ‘बिबि अनुरागी’ युट्य्व च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

लमजुङ सुन्दरबजार नगरपालिका–९, भोटेओडार घर भइ हाल बेलायत (युके)मा कार्यरत राजशान्तिको मनैछुने शब्द, संगीतकार बिबि अनुरागीको संगीत, एरेन्ज तथा आवाजमा सजिएको यस गीतमा सन्तानप्रति आमा-बाबाको माया, त्याग र समर्पणको भाव समेटिएको छ ।

संसारमा जन्मदिने भगवानरुपी आमा–बाबाभन्दा ठूलो अरु केही हुन नसक्ने गीतकार राजशान्तिले बताउनुभयो । ‘यस सुन्दर धर्तीमा पाइला टेकाउने, सारा दुःख कष्ट सहेर आफ्ना सन्तानलाई खाइनखाइ हुर्काउने, बढाउने पढाउने बा–आमा साँच्चै भगवान् हुनुहुन्छ । यो गीत सम्पूर्ण भगावनरुपी बाआमाप्रति समर्पित छ,’ राजशान्तिले भन्नुभयो ।

राजशान्तिको गीतलाई धेरैले रुचाएका छन् । माया–प्रेम, मिलन–विछोड, उकाली– ओरोली, मेलापातका साथै समसामयिक विषयमा शब्द कोर्न रुचाउने गीतकार राजशान्तिले अब बिस्तारै अन्य गीत पनि दर्शक/श्रोतामाझ ल्याउने बताउनुभएको छ ।


FLASH NEWS