Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

राइनासका बाख्रापालक किसानलाई बोयर बोका वितरण

रेडियो भोटेओडार २२ असार २०७९, बुधबार १६:४५ मा प्रकाशित ( १ साल अघि) ११७८२ पाठक संख्या

रुद हरि ढकाल

लमजुङको राइनास नगरपालिका वडा नं ९ कुवापानीमा रहेको Aराइनास भेडाबाख्रापालन समूहलाई बोयर बोका वितरण गरिएको छ ।

राइनास नगरपालिका, पशु सेवा शाखाले मंगलबार राइनास भेडाबाख्रापालन समूहलाई बोयर बोका वितरण गरेको हो ।

बाख्रामा नश्ल सुधार गरी उत्पादन बढाउने र स्थानीय किसानको जीवनस्तर उकास्ने उद्धेश्यले भेडाबाख्रा पालन समूहलाई ७५ प्रशितका ९ वटा बोयर बोका र एउटा भेडाँको साँड प्रदान गरिएको पुश सेवा शाखा, राइनास नगरपालिकाका प्रमुख शिवबाबु देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार राइनास नगरपालिका वडा नं ९ र १० लाई बाख्रा पकेट क्षेत्र घोषणा गरिएको छ । राइनास भेडाबाख्रापालन समहूमा ५६ जना बाख्रापालक किसान आवद्ध छन् । समूहमा एक हजार ७६ बाख्रा पालिएका उहाँले बताउनुभयो ।

सुन्दरबजार नगरपालिका वडा नं ९ को वडा कार्यालयमा आयोजित बोयर बोका वितरण कार्यक्रममा राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ, उपमेयर पु्ष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल, वडाअध्यक्ष लुपिन्द्र गुरुङ ललगायतको उपस्थिती रहेको थियो ।

राइनास नगरपालिकामा कृषि र पशुपालनको उच्च सम्भावना रहेका बताउँदै मेयर गुरुङले व्यवसायिक र व्यवस्थित रुपमा बाख्रा पालन गर्न सकेमा घरगाउँमै स्वरोजगार बनी जीवनस्तर उकास्न सकिने सकिने बताउनुभयो ।

बाख्रापालक किसान तथा समूहलाई नगरपालिकाले सक्दो सहयोग गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुयलले बताउनुभयो ।


FLASH NEWS