Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 26, Apr, 2024

लमजुङका कतिपय गाउँमा बालीघरे प्रथा अझै कायमै !

रेडियो भोटेओडार २ कार्तिक २०७६, शनिबार १७:०५ मा प्रकाशित ( ४ साल अघि) ६०४८१ पाठक संख्या

राजन परियार
विगतमा धेरै दलित समुदायका व्यक्तिहरुले बालीकै भरमा काम गर्दै आएका थिए । हिजोको पुख्र्यौली पेशालाई आज व्यवसायिक रुपमा संचालन गर्नेको संख्या बढेको छ ।
त्यसैले पनि बालीघरे प्रथा हराउँदै गएको छ । तर लमजुङका कतिपय गाउँमा अझै बालीघरे प्रथा कायमै छ ।
लमजुङको बेसिसहर नगरपालिका–११, रामचोकका ७५ वर्षका मुर्मे विक अझै पनि अन्नबालिकै भरमा आरनको काम गर्दै आउनु भएको छ ।
विकले १२ वर्षको उमेर देखि बालीको भरमा फलामको काम गर्दै आउनु भएको होे ।
सानो छाप्रा मुनि आरन चलाउदै आउनु भएका विकलाई अहिले परिवार धान्न निकै कठिनाई परेको छ ।
‘दिनभर फलाम पिटेर बिभिन्न औजार बनायो । बर्षभरिको बालि ३ पाथी देखि १० पाथीसम्म धान, मकै, गहुँ कोदो लगायतका अन्न पाईन्छ,‘ उहाँले भन्नुभयो, ‘यसैको भरमा परिवार धान्न पुग्दैन । यसरी काम अनुसारको उचित पारिश्रमिक नमिल्दा परिवार चलाउन निकै कठिन भएको छ ।’
हाल उहाँले गाउँमा करिव ५० घरको काम बालीकै भरमै गर्दै आउनु भएको छ ।
गाउँमा विकले जस्तै हर्कबहादुर परियारले पनि वर्षौदेखी बालीकै भरमा विस्टहरुको लुगा सिलाउने काम गदै आउनु भएको छ ।


‘मैले सानै उमेरदेखी वर्षको उमेरदेखि बालीमा लुगा सिलाउँदै आएको छु, उहाँले भन्नुभयो, ‘पहिले प्राय : गाउँका सबै घरका लुगा सिलाउँथे । अहिले १३ घरको मात्रै लुगा सिलाउँदै आएको छु ।’
अहिले उहाँले दोर्दी गाउँपालिका नौथर शेरा नजिकै आफ्नै लगानीमा टेर्लस् सञ्चालनमा ल्याउनु भएको छ ।
‘बालिमा सिलाउँदा राम्रो आम्दानी नहुने भएकाले टेर्लस सञ्चालनमा ल्याएको हुँ । बालिमा भन्दा ज्यालमा सिलाउदा धेरै राम्रो कमाई हुन्छ,’ उहाँले भन्नुभयो ।


FLASH NEWS