श्यामशितल परियार
लमजुङको सुन्दरबजार नगरपालिका–९, पैह्रे विरौटोमा रहेको एक घरमा पहिरोले पूर्ण क्षति पुर्याएको छ ।
वर्षासंगै आएको पहिरोले पैह्रे विरौटामा रहेको खड्काबहादुर घर्तीको घरमा पूर्ण क्षति पुर्याएको वडाअध्यक्ष मोतीप्रसाद गुरुङले जानकारी दिनुभयो ।
सोमबार बिहान ६ बजेको समयमा घरमाथिबाट आएको पहिरोले घरमा क्षति पुर्याएको, मानवीय क्षति भने नभएको स्थानीय मुरारी भुजेलले जानकारी दिनुभयो ।
अहिले पनि लेदोसहितको पहिरो खसिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार ४ घर पहिरोको जोखिममा रहेको छ ।