लमजुङमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । बिहिबार लमजुङको राइनास नगरपालिका–९, साततलेका २८ वर्षका रविन्द्र पराजुलीको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार फलामे पोल गाड्ने क्रममा करेण्ट लागेर घाइते पराजुलीलाई उपचारका लागि जिल्ला सामुदायिक अस्पताल बेसीशहर ल्याइएको थियो ।
करेण्ट लागेर घाइते पराजुलीको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक पुनले बताउनुभयो ।