आज:  | Sat, 30, Sep, 2023

सिर्जनात्मक सोकासले २१ औँ साधारणसभा विभिन्न कार्यक्रमका बीच मनाउने

रेडियो भोटेओडार ५ मंसिर २०७७, शुक्रबार १५:४४ मा प्रकाशित ( २ साल अघि) २०६८६ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका–९, भोटेओडार, धारापानी सिर्जनानचोकमा रहेको सिर्जनात्मक साकोसले २१ औँ वार्षिक साधारणसभा चरणबद्ध रुपमा मनाउने भएको छ । साकोस संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै साकोसले मंसिर १३ गतेदेखी १६ गतेसम्म कार्यक्षेत्र अन्तगर्तका विभिन्न स्थानमा गई शेयर सदस्यको हस्ताक्षरसहित राय, सल्लाह–सुझाव लिने कार्यक्रम तय गरिएको सिर्जनात्मक साकोसका व्यवस्थापक इन्द्रविलास सापकोटाले जानकारी दिनुभयो ।

कोरोना संक्रमण जोखिमको कारणले साधारण सभा, भेला गर्न नपाइने भएकाले मंसिर १३ गते अर्चलबोट, श्रीमन्ज्याङ क्षेत्रको कृष्ण मन्दिर, मंसिर १४ गते साविक उदीपुर गाविसको महिला समूह भवन, मंसिर १४ गते भोटेओडार क्षेत्र जिमित्रेखोलोदेखी देखी रामदी बलीथुम समेत अकला मन्दिर, मंसिर १५ गते भोटेओडार जिमित्रे खोलादेखी सिउँडीबार चोकसम्म कार्यालय भवन, मंसिर १५ गते भोटेओडार क्षेत्र सिउँडीबारदेखी फूलबारी पैह्रेसम्म भविष्य निर्माण मावि, मंसिर १६ गते सुन्दरबजार क्षेत्र वडा नं ६ र ७ को माथिल्लो क्षेत्र नेवा खल भवन, मंसिर १६ गते सुन्दरबजार क्षेत्र वडा नं ७ को तल्लो क्षेत्र पाउँदी, मंसिर १६ गते नै भोटेओडार वडा नं ९ को फेदीकुना तर्फको सिद्धेश्वर मन्दिरमा सम्वन्धित ठाउँका शेयर सदस्यको हस्ताक्षरसहित राय, सुझाव संकलन गर्ने कार्यक्रम तय गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती क्षेत्रबाट बढिमा ३२ जनासम्म प्रतिनिधि चुनिएर आउँछन् । चुनिएर आएका प्रतिनिधि र साकोस संचालक समितिबीच मंसिर २० गते शनिबार साकोस कार्यालय भवनमै छलफल गरी साधारणसभा मनाउने निर्णय भएको पनि व्यवस्थापक सापकोटाले बताउनुभयो ।

 


FLASH NEWS