श्यामशितल परियार
लमजुङको सुन्दरबजार नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिका कार्यालय मातहतका सबै शाखाका अत्यावश्यक बाहेकका सबै सेवा एकहप्ताका लागि बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरजी तिवारीले जानकारी दिनुभयो ।
‘नगरपालिका माहतका सबै शाखाका अत्यावश्यक बाहेकका सबै सेवा एक हप्ताका लागि बन्द गरिएको छ,’ उहाँले भन्नुभयो ।
यसैगरी, सुन्दरबजार नगरपालिका क्षेत्रमा रहेका सबै विद्यालयको पठनपाठन समेत १० दिनका लागि बन्द गरिएको छ ।
नगरक्षेत्रमा समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएकाले कोरोना रोकथाम र नियन्त्रणका लागि नगरपालिकाभित्र रहेका सबै विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको पनि उहाँले बताउनुभयो ।
‘समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएकाले कोरोना रोकथाम र नियन्त्रणका लागि नगरक्षेत्रमा रहेका सबै विद्यालयको पठनपाठन १० दिनसम्मका लागि बन्द गर्न निर्देशन गरिएको छ,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार सुन्दरबजार नगरपालिका क्षेत्रमा ४२ सामुदायिक विद्यालय र ८ वटा संस्थागत विद्यालय रहेका छन् ।