आज:  | Sat, 30, Sep, 2023

लमजुङ दोर्दी गाउँपालिकाका किसानलाई मौरीपालन तालिम प्रदान

रेडियो भोटेओडार २ चैत्र २०७७, सोमबार ११:५३ मा प्रकाशित ( २ साल अघि) १७११६ पाठक संख्या

लमजुङको दोर्दी गाउँपालिकामा सञ्चालित एक हप्ते व्यवसायिक मौरीपालन सम्वन्धी तालिमको समापन गरिएको छ ।  एक हप्ते तालिमको शनिबार एक कार्यक्रमका बीच गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले कार्यक्रमको समापन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उहाँले तालिममा सिकेका ज्ञान, सीप व्यवहारमा उतारी व्यवसायिक रुपमा मौरीपालन गरी आयस्तर वृद्धि गरी जीवनस्तर उकास्न किसानलाई आग्रह गर्नुभएको छ ।

गाउँपालिका क्षेत्रमा मौरीपालनको सम्भावना रहेको, यसबाट राम्रो कमाउन सकिने भएकाले व्यवसायिक मौरीपालनमा लाग्न किसानलाई अनुरोध गर्दै उहाँले किसानलाई पालिकाले सक्दो सहयोग गर्ने पनि बताउनुभयो ।

गाउँपालिकामा रहेका व्यवसायिक रुपमा मौरीपालन गर्दै आएका र मौरीपालन व्यवसाय गर्न चाहने किसानलाई लक्षित गर्दै गाउँपालिकामा मौरीपालन सम्वन्धी तालिम संचालन गरिएको हो ।

कृषि शाखा, दोर्दी गाउँपालिकाको आयोजनामा तालिम संचलन गरिएको हो । मौरीपालनमा व्यवसायमा किसानको आकर्षणका बढाउनका लागि मौरीपालन तालिम संचाललन गरिएको कृषि शाखा, दोर्दी गाउँपालिकाका प्रमुख बेन्जु अधिकारीले बताउनुभयो ।

‘मौरीपालन व्यवासय कम लगानी समय श्रममा धेरै आम्दानी लिन सकिने व्यवसाय हो । गाउँपालिकाका विभिन्न क्षेत्रमा मौरीपालनको उच्च सम्भावना पनि छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले मौरीपालनमा किसानको आकर्षण बढाउन, यसै व्यवसायबाट उनीहरुको जीवनस्तर उकास्ने उद्धेश्यका साथ मौरीपालन तालिम संचालन गरिएको हो ।’

तालिममा सहभागी किसानहरुलाई अवधीभर सहभागीहरुलाई नेपाल मौरीपालन व्यवसायिक महासंघ, लमजुङका अध्यक्ष ललित गुरुङ र कृषि शाखा, दोर्दी गाउँपालिकाका प्रमुख अधिकारीले मौरीपालनका विषयमा जानकारी गराउनुभएको थियो ।

तालिममा सहभागी किसानहरुले तालिम प्रभावकारी रहेको र तालिममा सिकेको ज्ञान, सीपलाई व्यवहारमा उतारी व्यवसाियक रुपमा मौरीपालन गर्ने प्रतिविद्धता जनाएका छन् ।

 

 

 


FLASH NEWS