आज:  | Sat, 30, Sep, 2023

मनकारी परदेशी : नमूना सामुदायिक अस्पतालाई विभिन्न सामग्री प्रदान

रेडियो भोटेओडार ३ असार २०७८, बिहीबार १४:१५ मा प्रकाशित ( २ साल अघि) ४०४४७ पाठक संख्या

लमजुङको नमूना सामुदायिक अस्पताललाई परदेशमा रहेकाहरुले विभिन्न स्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेका छन् ।

पूर्वी अफ्रिकाको सिसेल्स र अमेरिकामा रहेका नेपालीहरुले सञ्चालन गरेको ‘हाम्रो ठाउँ, हाम्रो अभियान’बाट सहयोग रकम संकलन गरी बुधबार अस्पताललाई विभिन्न सामग्री प्रदान गरिएको अभियन्ता राजेन्द्र कुवँरले जानकारी दिनुभयो ।

लमजुङको सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका र तनहूँको भानु नगरपालिका घर भएर उक्त अभियानमा जोडिएका २० जना व्यक्तिहरुले जम्मा गरेको रकमबाट अस्पतालको लागि ११ थान ठूलो अक्सिजन सिलिण्डर, अक्सिमिटर, सेनिटाईजर, ग्याँस रेगुलेटर लगायतका सामाग्री अस्पतालाई प्रदान गरिएको उहाँले बताउनुभयो ।

उक्त सामाग्री विदेशमा रहेका नेपालीहरुका तर्फबाट उनीहरुका परिवार तथा आफन्तले प्रदान गरेका हुन् ।

सहयोग पछि अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारीले अस्पतालको मायाँ गरेर सहयोग प्रदान गर्नुभएकोमा धन्यबाद व्यक्त गर्नुभयो ।

आफन्तले पठाएको रकमबाट अस्पताललाई सामान खरिद गरि प्रदान गर्न पाउँदा ज्यादै खुशी मिलेको तीर्थबहादुर कुँवर र ध्रुवबहादुर कुँवरले बताउनुभयो ।

अस्पतालमा उक्त सहयोग प्रदान गर्न भानु नगरपालिका निवासी अजय थापा र सुनपा २ निवासी प्रकाश सेढाई, सुनपा ६ निवासी निर्मल अधिकारी, सुनपा ८ निवासी तीर्थबहाुदर कुँवर र ध्रुव बहादुर कुँवरले समन्वय गर्नुभएको थियो ।

यसअघि अस्पतालको लागि गोर्खा वेयलफेयर ट्रष्टले करिब १२ लाख रुपैयाँ बराबरको सामाग्री प्रदान गरेको छ । ट्रष्टले अस्पतालको लागि ३ वटा अक्सिजन कन्सन्ट्रेटर, २७५ थान पिपिई सहित आवश्यक सुरक्षाका सामानहरु प्रदान गरेको छ ।

अस्पतालमा हाल ४० बेड क्षमताको कोरोना उपचार केन्द्र स्थापना गरिएको छ । उपचार गरिने बेडमा अक्सिजन पाईपलाईन जडानको काम पूरा भएको र बुधबारदेखी बिरामीहरु राख्न सकिने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।
यसैगरी, सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाले आवश्यक स्वास्थ्यकर्मी लगायतको पूर्वाधारको सम्पूणर् व्यवस्था गरि सकिएकाले अब नमूना सामूदायिक अस्पतालमा विरामीहरु राखेर उपचार गर्ने बताउनुभयो ।


FLASH NEWS