Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Fri, 26, Apr, 2024

चन्द्रेश्वर प्राथमिक स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सुरक्षाका सामग्री प्रदान  

रेडियो भोटेओडार ५ असार २०७८, शनिबार १२:५८ मा प्रकाशित ( २ साल अघि) १६६३३ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका–३ मा रहेको चन्द्रेश्वर प्राथमिक स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको छ ।
संविधान सभा सदस्य डा. भीष्म अधिकारीको पहलमा गण्डकी प्रदेश सरकारको सहयोगमा प्राप्त सामग्री सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रले स्वास्थ्य केन्द्रमै पुगी शुक्रबार स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्नुभएको हो ।

नगरप्रमुख मिश्रले केन्द्रकी इन्चार्ज सरला लौडारी खनियाँलाई ती सामग्री प्रदान गर्नुभएको हो । स्यानीटाइजर, डिजिटल थर्मोमिटर, थर्मल गन, फेस शिल्ड, युटिलीटी ग्लोव्स, लुज ग्लोव्स, फेस मास्क, पिपिई सेट, बुट, आइसोलेसन ग्राउन लगायतका स्वास्थ्य सुरक्षा सामग्री चन्द्रेश्वर प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदान गरिएको नगरप्रमुख मिश्रले बताउनुभयो ।

स्वास्थ्य सुरक्षाका सामान बुझेसंगै कोरोना संक्रमणको जोखिम रहेको यस अवस्थामा बिरामीको उपचारमा सघाउ पुग्ने केन्द्रले जनाएको छ ।
यस केन्द्रमा दैनिक १५ जना हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका केन्द्रले जनाएको छ ।

 


FLASH NEWS