चाँदनी अधिकारी
लमजुङको सुन्दरबजार नगरपालिकाका बजारी क्षेत्रमा मास्क वितरण गरिएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि बुधबार मास्क वितरण गरिएको हो ।
लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार ईकाई, ईलाका प्रहरी कार्यलय, सुन्दरबजार र कामना विकास बैंकका साथै स्थानीय संघसंस्थाको समन्वयमा बजारी क्षेत्रमा मास्क वितरण गरिएको हो ।
सुन्दरबजार नगरपालिकका नगर प्रमुख जनकराज मिश्र, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, इकाइका अध्यक्ष डण्डबहादुर सुनार, इप्रका सुन्दरबजारका इन्चार्ज, सइ रामकृष्ण अधिकारी लगायतको टोलीले सडकका साथै गाडीमा मास्क नलगाएकालाई मास्क वितरण गरेको हो ।
देशभर संचालित नेपाल मास्क अभियानमा नगरपालिकाको पनि ऐक्यवद्धता रहेको जनाउँदै नगरप्रमुख मिश्रले संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
गएको शनिबारदेखी संचालत नेपाल मास्क अभियानकै अवसरमा जिल्लामा विभिन्न सचेतनामुलक कार्यक्रम संचालन हुँदै आएको छ ।