Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 19, Mar, 2024

मनाङमा बाढीको असर : सडक अवरुद्ध, खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको अभाव

रेडियो भोटेओडार ३२ श्रावण २०७८, सोमबार १६:५८ मा प्रकाशित ( २ साल अघि) १४७८५ पाठक संख्या

हिमाली जिल्ला मनाङ र लमजुङ जोड्ने बेसीशहर चामे सडकखण्ड अवरुद्ध छ । मनसुनको सुरुवातसंगै विभिन्न समयमा वर्षासंगै आएको बाढीले क्षति पुर्याउँदा यस सडकखण्ड अवरुद्ध भएको हो ।
अहिले बेसीशहरदेखी मनाङको शिरानतालसम्म सवारी संचालन भएतापनि बाटो अवरुद्ध भएकाले शिरानतालदेखी मनाङका अन्य क्षेत्रमा सामान ढुवानी गर्न सकिएको छैन ।
झण्डै ३ महिनासम्म सडक अवरुद्ध हुँदा मनाङमा खाना पकाउने ग्याँस, चामल, दाल लगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ ।
बाढी प्रभावितहरुले भने हेलिकप्टरमार्फत आएको राहतले गुजारा चलाइरहेका छन् । बजारमा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अभाव भएकाले त्यहाँस्थित कर्मचारी, मजदूरहरुलाई भने समस्या भएको छ ।
बाढीले विभिन्न लघु जलविद्युत आयोजनामा क्षति पुर्याएकाले लामो समयदेखी यहाँ विद्युत सेवा पनि बन्द छ ।

 


FLASH NEWS