Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 19, Mar, 2024

जिल्ला अस्पताल लमजुङमा ज्वरोका बिरामीको चाप : छुट्टै कक्षबाट उपचार

रेडियो भोटेओडार ८ भाद्र २०७८, मंगलवार १४:१६ मा प्रकाशित ( २ साल अघि) २१२११ पाठक संख्या

जिल्ला अस्पताल लमजुङमा ज्वरोका बिरामी बढेका छन् । दूषित पानी सेवनका कारण हुने रुघाखोकी, ज्वरोका साथै हाइपरटेन्सन, पेटसम्बन्धी स्वास्थ्य समस्या भएकाहरु अहिले धेरै मात्रामा उपचारका लागि अस्पताल आउने गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले अस्पतालमा दैनिक २ सय जना हाराहारीमा उपचारका लागि आउने गरेका छन् ।
तीमध्ये सबैभन्दा धेरै ज्वरोका बिरामी रहेका छन् । अस्पतालमै भर्ना भएर बसेका ज्वजरोका बिरामीलाई छुट्टै कक्षबाट उपचार गरिएको उहाँले बताउनुभयो ।
अस्पतालमा रहेको फिवर क्लिनिकबाट ज्वरो जाँच हुने र अस्पतालमा भर्ना भएर उपचार गर्नुपर्ने ज्वरोका बिरामीलाई छुट्टै कक्षबाट उपचार गरिएको उहाँले बताउनुभयो ।
कोरोना र ज्वरोका लक्षण मिल्दाजुल्दा हुने भएकाले कोरोना संक्रमणको जोखिमलाई न्यनीकरणका लागि ज्वरोका बिरामीलाई छुट्टै कक्षबाट उपचार गरिएको उहाँले बताउनुभयो ।
विभिन्न स्वास्थय समस्याबाट जोगिनका लागि उचित खानपान र व्यायाममा ध्यान दिन अस्पताले सबैमा आग्रह गरेको छ ।

 


FLASH NEWS