Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 19, Mar, 2024

लमजुङमा धमाधम कोदो रोपाइँ हुँदै : हालसम्म ६० प्रतिशत रोपाइँ सकियो

रेडियो भोटेओडार ८ भाद्र २०७८, मंगलवार १४:१८ मा प्रकाशित ( २ साल अघि) १३००० पाठक संख्या

लमजुङमा धमाधम कोदो रोपाइँ भइरहेको छ । जिल्लाका विभिन्न ठाउँका किसान अहिले बारीमा धमाधम कोदो रोप्न जुटेका कृषि ज्ञान केन्द्र, लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका माथिल्लो भेगमा मध्य असारदेखी फाट्फुट्ट रुपमा कोदो रोपाइँ सुरु हुन्छ । जिल्लामा मध्य भदौसम्ममा कोदो रोपाइँ गरिन्छ ।
अहिले जिल्लामा ६० प्रतिशत हाराहारीमा कोदो रोपाइँ सकिएको उहाँले बताउनुभयो ।
लमजुङकोे इलमपोखरी, नौथर, पाचोक, गौँडा, नाल्मालगायतका धेरैजसो ग्रामिण क्षेत्रमा कोदो खेती हुँदै आएको छ । ज्ञान केन्द्रका अनुसार जिल्लामा लार्फे, लाहुरे लगायतका स्थानीय जातका साथै डल्ले, ओख्ले लगायतका उन्नत जातका कोदोको खेती हुँदै आएको छ ।
विशेषगरी लमजुङमा स्थानीय जातकै कोदोको खेती हुँदै आएको रेग्मीले बताउनुभयो ।
खेताला पाउन समस्या हुनु, लागत बढि पर्नु, लागत र मेहनतको तुलनामा उत्पादन कम हुने भएकाले जिल्लामा कोदो खेतीमा किसानको आकर्षण बढ्न नसकेको र उत्पादन घट्दो रहेको उहाँले बताउनुभयो ।
पुरानै बीउ र परम्परागत ढंगले कोदो खेती गर्नाले पनि लमजुङमा तुलनात्मक रुपमा कोदोको उत्पादन बढ्न सकेको छैन ।
जिल्लामा गतवर्ष ७ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकोमा ७ हजार ५ सय १५ मेट्रिक टन कोदो उत्पादन भएको रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार यसवर्ष ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा कोदो खेती हुने अनुमान गरिएको छ ।

 


FLASH NEWS