Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 19, Mar, 2024

लमजुङको देउराली डाँडामा पहिरो : बेसीशहर जाने सडक अवरुद्ध, सडक खुलाउने प्रयास हुँदै

रेडियो भोटेओडार ११ भाद्र २०७८, शुक्रबार ११:५५ मा प्रकाशित ( २ साल अघि) २००१४ पाठक संख्या

लमजुङको सदरमुकाम बेसीशहर जाने सडक अवरुद्ध भएको छ । लमजुङको बेसीशहर नगरपालिका–१, देउराली डाँडामा वर्षासंगै खसेको पहिरोका कारण बेसीशहर जाने सडक आज (शुक्रबार) बिहानैदेखी अवरुद्ध भएको हो ।
डुम्रे–बेसीशहर–चामे सडकखण्डको ३३ किलोमिटर क्षेत्रमा पर्ने देउराली डाँडामा पहिरो गएको, अहिले बेसीशहर जाने सडक अवरुद्ध भएको र सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।


अहिले सडक खुलाउनका लागि सोही स्थानबाट दुई वटा जेसिभी प्रयोग गरी नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ र आज दिनभरीमा सडक खुल्न सक्ने उहाँले जानकारी दिनुभयो ।


FLASH NEWS