Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Tue, 19, Mar, 2024

समुता तमु समाजद्धारा नेता देव गुरुङलाई सम्मानित ः गुम्बा निर्माणमा सकेको सहयोग गर्ने नेता गुरुङको प्रतिवद्धता

रेडियो भोटेओडार १ आश्विन २०७८, शुक्रबार १८:१६ मा प्रकाशित ( २ साल अघि) १९५५२ पाठक संख्या

चाँदनी अधिकारी
लमजुङको सुन्दरबजार नगरपालिका वडा ९ भोटेओटारको समुता गुम्बामा शुत्रबार स्वागत एव भेटघाट कार्यक्रम संचालन गरिएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक एव पूर्वमन्त्री देव प्रसाद गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै उहाँले भवन निर्माणमा राज्यबाट र आफ्नो व्यक्तिगत तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
आफुलाई सम्मानित गरेको नेता गुरुङ तमु समाजलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
समुता गुम्बाका व्यवस्थापन समितिका दुर्गा प्रसाद गुरुङको अध्यक्षतामा कार्यक्रम संचालन भएको हो ।
समुता गुम्बा को नयाँ भवन निर्माणका लागि भुकम्प पुन निर्माण प्राधिकरणको ५६ लाख ३६ हजार र स्थानीय उपभोक्ताबाट गरी ८१ लाख बढि खर्च भइसकेको समाजले जनाएको छ । गट निर्माणका साथै अन्य काम बाँकी रहेकाले सबैको साथ सहयोग आवश्यक रहेको समाजका
अध्यक्ष दुर्गाप्रसाद गुरुङले बताउनु भयो ।
कार्यक्रममा दोर्दी गाँउपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ, सुन्दरबजार नगरपालिकाका वडा अध्यक्ष मोति प्रसाद गुरुङ, वडा नं ८ का अध्यक्ष कृष्ण कान्त अधिकारी , विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । समुता तमु समाजका सचिव विर सिंह घलेले कार्यक्रम संचालन गर्नुभएको हो ।

 

 


FLASH NEWS