Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

चक्रतीर्थ आयुर्वेद औषाधालय भवनको उद्घाटन : स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने स्वास्थ्यमन्त्री अधिकारीको भनाइ

रेडियो भोटेओडार १६ कार्तिक २०७८, मंगलवार १६:२४ मा प्रकाशित ( २ साल अघि) १७६८३ पाठक संख्या

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले बाँझो जमिन हराभरा बनाउन सकेमा मुलुकमा समृद्धि ल्याउन सकिने बताउनुभएको छ ।
लमजुङको राइनास नगरपालिका–५, तीनपिप्लेमा रहेको चक्रतीर्थ आयुर्वेद औषाधालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।
खेर गएका जमिनमा विभिन्न जडीबुटी खेती गरी, संकलन गरी केन्द्रीकरण गरी प्रशोधन गर्नमा सकेमा आयुर्वेद क्षेत्रको गुणात्मक वृद्धि हुनुका साथै मुलुकमा समृद्धि ल्याउन सकिने उहाँले बताउनुभयो ।
चक्रतीर्थ आयुर्वेद औषाधालयका अध्यक्ष एवं वडाअध्यक्ष नन्दबहादुर कुमालको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा राइनास नगरपालिकाका नगरप्रमुख सिंहबहादुर थापाले स्वस्थ्य रहन स्वस्थ्य जीवनशैली अपनाउनुपर्ने सुझाव दिनुभयो ।
यस्तै, कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र लमजुङका प्रमुख डा। शरद पन्थीले भौतिक संरचना रहेतापनि जनशक्ति अभावमा सेवा प्रवाहमा समस्या हुने गरेको बताउनुभयो ।
यस समस्या समाधानका लागि सम्वन्धित निकायको साथ सहयोग आवश्यक हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा राइनास नगरपालिकाका उपप्रमुख धनकुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, राइनास नगरपालिका वडा नं ३ का वडाअध्यक्ष स्वतन्त्र हमाल, सर्वोदय सेवाआश्रमका अध्यक्ष कृष्णराज ओलिया लगायतले बोल्नुभएको हो ।
भवन बनेसंगै आयुर्वेद स्वास्थ्य सेवा प्रवाहमा सहज हुने चक्रतीर्थ आयुर्वेद औषाधालयले जनाएको छ ।

 


FLASH NEWS