नेपाली कांग्रेसका १४ औँ महाधिवेसन अन्तर्गत लमजुङमा शुक्रबार भएको प्रदेश सभा क्षेत्रीय अधिवेसनबाट प्रदेश सभा ‘क’ को सभापतिमा दरजंग गुरुङ र प्रदेश सभा ‘ख’ को सभापतिमा रघुनाथ गुरुङ निर्वाचति हुनुभएको छ ।
प्रदेश सभा अधिवेसन अन्तर्गत लमजुङमा शुक्रबार मतदान भएको र शनिबार मतगणना भएको थियो ।
यस्तै, सोमबार नेपाली कांग्रेस लमजुङको नयाँ नेतृत्वको लागि प्रतिनिधि सभा क्षेत्रीय अधिवेसन हुन लागेको पार्टी सचिव हरि बरालले बताउनुभयो ।
अधिवेसनकै अवसरमा आइतबार उम्मेदवारी दर्ता भएको उहाँले बताउनुभयो । जिल्ला समन्वय समितिको सभाहलमा सोमबार बिहान ८ देखी ९ बजेसम्म अधिवेसनको उद्घाटन कार्यक्रम चल्नेछ । उद्घाटनपशचात् बिहान १० बजेबाट मतदात कार्यक्रम संचालन हुने उहाँले बताउनुभयो ।
प्रतिनिधि सभा अधिवेसनले लमजुङमा ४१ सदस्यीय जिल्ला कार्य समिति र २६ जना महाधिवेसन प्रतिनिधि चुन्ने उहाँले बताउनुएको छ ।
अधिवेसनको तयारी पुरा भएको पनि उहाँले बताउनुभयो ।