आज:  | Fri, 29, Sep, 2023

लमजुङ कांग्रेस सभापतिमा डा. टकराज गुरुङ र गमप्रसाद गुरुङबीच प्रतिष्पर्धा : मतगणना कार्य चल्दै, मत परिणाम बुधबारसम्म आउने

रेडियो भोटेओडार ७ मंसिर २०७८, मंगलवार १७:२६ मा प्रकाशित ( १ साल अघि) १७०७४ पाठक संख्या

नेपाली कांग्रेसको १४ औँ महाधिवेसनअन्तर्गत लमजुङमा सोमबार प्रतिनिधि सभा निर्वाचन भएको छ ।
जिल्ला समन्वय समितिका प्रांगणमा सोमबार मतदान भएको र मंगलबार मतगणना कार्य चलिरहेको नेपाली कांग्रेस लमजुङका नेता हरि बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले मतगणना कार्य चलिरहेको र बुधबारसम्ममा मत परिणाम सार्वजनिक हुनसक्ने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति, लमजुङको सभापतिका लागि डा. टकराज गुरुङ र गमप्रसाद गुरुङबीच चुनावी प्रतिष्पर्धा भएको हो ।
सोमबार सम्पन्न मतदानमा १ हजार ३ सय ४० जना मतदाताले मतदान गरेका थिए ।
यस्तै, अधिवेसनका क्रममा सोमबार नै पार्टीको जिल्ला कार्य समिति सदस्यमा १३ जना निर्वरोध चयन भएका थिए ।
महिला सदस्यमा सुन्दरबजार नगरपालिकाकी श्यामका घिमिरे, मस्र्याङ्दी गाउँपालिकाकी कुशकुमारी गुरुङ, सदस्यमा मस्र्याङ्दी गाउँपालिकाका हरिश्चन्द्र थापा, खुला सदस्यमा क्वलहोसोँथ गाउँपालिकाका बुद्धिप्रसाद गुरुङ, महिला सदस्यमा क्वलहोसोँथर गाउँपालिकाका सिर्जना गुरुङ, दुधपोखरी गाउँपालिकाका रश्मी गुरुङ, दोर्दी गाउँपालिकाका निशा लामा, खस आर्य महिला सदस्यहरुमा सीता शाही, मनु पन्त खत्री आदीवासी जनजाति महिला सदस्यहरुमा कृष्णकुमारी गुरुङ, चिजमाया गुरुङ (आशा) र तुलसी गुरुङ र प्रदेश प्रतिनिधिमा एक जना निर्विरोध चयन हुनुभएको पनि नेता बरालले बताउनुभयो ।


FLASH NEWS