चाँदनी आधकारी
लमजुङमा न्युनतम पारिश्रमिक निर्धारण सम्वन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम संचालन भएको छ । न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना एंव नेपाल पत्रकार महासंघको संयोजनमा कार्यक्रम संचालन भएको हो ।
कार्यक्रममा सहभागी पत्रकारहरुले न्युनतम पारिश्रमिक कार्यान्वयनमा सम्वन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
मिडिया हाउस चलाउनका लागि विभिन्न समस्याहरु आईरहेका र समस्या समाधानका लागि सरकारले ध्यान दिनु आवश्यक रहेको महासंघका पूर्व केन्द्रीय सदस्य किसान संगीतले बताउनुभयो ।
दु ः ख र मेहनत गर्न सकेमा यसै क्षेत्रबाट आम्दानी गर्न सकिने उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ र न्युनतम पारिश्रमिक निर्धाण समितिले न्युनतम पारिश्रमिक कतिपय संचार प्रतिष्ठानले कार्यन्वयन गरे पनि सम्रगमा कार्यन्वयन हुन नसकेको जनाउदै आएको छ ।
‘हाम्रो जानकारीमा आएअनुसार केहि मिडिया हाउसले न्युनतम पारिश्रमिक लागु गरेका छन् । लागु नभएका उजुरी वा गुनासा पनि आएका छन, कार्यान्वयन भए नभएकाको बारे केहि दिनभित्रै महासंघले अनुगमन गर्नेछ,’ महासंघका अध्यक्ष परमेश्वर अधिकारीले भन्नुभयो ।
यस्तै, जिल्लाका जागरण साप्ताहिकका सम्पादक कमला केसी, पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष कृष्ण केसी, नेपाल पत्रकार महासंघ लमजुङका सचिव एवं रेडियो भोटेओडारका स्टेशन प्रमुख रुद्रहरी ढकाल, रेडियो मस्र्याङदीका निर्देशक मिना गुरुङ, कान्तीपुर टेलिभिजनका संवाददाता आश गुरुङ, रेडियो चौतारीका स्टेशन प्रमुख बेलिना थापाले कोरोना प्रभावले मिडिया हाउस संचालनमा समस्या भएको बताउनुभयो ।