चाँदनी अधिकारी
लमजुङको दोर्दी गाँउपालिकामा वित्तिय साक्षरता डिजिटल बैंकिङ सम्बन्धी
अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ ।
गाउँ समाजमा रहेका नागरिकसम्म डिजिटल बैंकिङसम्वन्धी जानकारी गराई उनीहरुलाई सरल सहज रुपमा वित्तिय सेवा लिन सहज होस् भन्ने उद्धेश्यले वित्तिय साक्षरता, डिजिटल बैंकिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।
ग्लोवल आइएमइ बैंकको आयोजनामा दोर्दी गाउँपालिका ४ नौथर शेरामा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।
प्रविधिको बिकास भएसंगै डिजिटल सेवाहरु आपmनै घर गाँउमा बसेर मोबाइल बैकिङ बाट देशका विभिन्न ठाँउमा पैसा पठाउन सकिने, मोवाइलमा ब्यालेन्स ट्रान्सफर गर्न सकिने, भ्यु स्टेडमेन्ड, भुक्तानी सुविधा, भाइभर बैकिङ क्युआर कोड, पेमेन्ट, ट्राभल कार्ड जस्ता सुविधाहरु नेपाली नागरिकहरुलाई प्रवाह र्गदै आएको ग्लोवल आइएमई बैंक, दोर्दी शाखाका म्यानेजर हिरा कुमार मोक्तानले बताउनुभयो ।
ग्लोवल आइएमई बैंकले २०६३ साल पौषमा स्थापन भएको, तीन हजारभन्दा कर्मचारीबाट सेवा प्रदान भइरहेको उहाँले बताउनुभयो ।
यस बैंकको कारोबार २१ Þ६३ अर्व र हाल संम्मा २३ लाखभन्दा बढि ग्राहकहरुको खाता सर्वधिक निक्षेप संकलन गर्न सफल भएको पनि तथ्याङमा उल्लेख रहेको छ ।
ग्लोवल आइएमईमा कार्यरत निराजन क्षेष्ठले डिजिटल बैंकिङका विषयमा कार्यक्रममा सहभागीलाई जानकारी गराउनुभएको हो ।
कार्यक्रममा दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घले, बैंकका कर्मचारी लगायत
सरोकारवालाहरुको उलेख्य उपस्थिती रहेको थियो ।