आज:  | Sat, 30, Sep, 2023

भक्ति नमूना माविले मनायो ५५ औ वार्षिकोत्सव

रेडियो भोटेओडार ६ पुष २०७८, मंगलवार १६:४४ मा प्रकाशित ( १ साल अघि) १३००० पाठक संख्या

चाँदनी अधिकारी
लमजुङको सुन्दरबजार नगरपालिका ९ भोटेओडारमा रहेको भक्ति नमूना माविको ५५ औ वार्षिकउत्सव तथा ४७ औ अविभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिप्रसाद गुरुङको अध्यक्षतामा सोमबार भएको कार्यक्रममा सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै उहाँले विद्यालयको शैक्षिक स्तर उकास्नका लागि शिक्षक, ‘घर विद्यालयमा बाल बालिकाले कस्तो पढी रहेका छन् भनेर अवलोकन गर्नुपर्छ । घरमा रहेको बेला पढ्न लगाउने, शिक्षकले राम्रो पढाउन सके भोलि तिनै बालबालिका नै अगाडी आउन सक्छन् । यसले गर्दा शैक्षिक प्रकिया राम्रो हुदै जान्छ,’ उहाँले भन्नुभयो ।
विद्यालयको वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रअ यज्ञराज घिमिरेले प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा नेकपा एमाले सुन्दर बजार नगर कमिटिका अध्यक्ष भिमबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका सदस्य मिरा घिमिरे, विद्यालयका शिक्षक रमाकान्त अधिकारी, तार्दीखोला खानेपानीका अध्यक्ष प्रितम अधिकारी, विद्याज्योति माविका प्रअ सूर्यबहादुर केसी, समाजसेवी द्धारिकाप्रसाद मिश्र लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक थकित यात्रीले गर्नुभएको हो ।


FLASH NEWS