Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Mon, 29, Apr, 2024

मुख्यमन्त्री पोखरेलद्धारा पत्रकार महासंघ लमजुङ शाखाको भवन शिलान्यास

रेडियो भोटेओडार १२ पुष २०७८, सोमबार १२:०० मा प्रकाशित ( २ साल अघि) १६२३४ पाठक संख्या

नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकार मिडियामैत्री विधेयक ल्याउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पोखरेलले लोकतन्त्रमा प्रमुख प्रतिपक्ष दल र प्रेसको ठूलो महत्व रहने बताउनुभएको छ । उहाँले पत्रकार महासंघ लमजुङको भवन निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत बताउनुभएको छ ।
विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले प्रदेश सरकारले मिडियाको स्तर वृद्धिका लागि विनियोजन गरेको १० लाख बजेटको उपयोग गर्न लमजुङ शाखा सफल भएको बताउनुभयो ।
उहाँले भवन निर्माणका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
शाखाको भवन बेसीशहर नगरपालिका–३, मिलनटोलमा निर्माण गरिने शाखाका अध्यक्ष परमेश्वर अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शाखाको भवन निर्माणका लागि जिल्लामा २०४८ सालमा स्थापना भई निरन्तर रुपमा समाज रुपान्तरणका विभिन्न क्षेत्रमा योगदान गर्दै आएको स्वावलम्बी समाज सेवा केन्द्र (सेर्सोक)ले १० आना बढि जग्गा निःशुल्क उपलव्ध गराएको हो । १३ आना जग्गाा करिव ४ करोडको लागतमा शाखाको तीनतले भवन बन्ने छ ।
नेपाल पत्रकार महासंघ, लमजुङका अध्यक्ष परमेश्वर अधिकारीकै अध्यक्षतामा शिलान्यास कार्यक्रम भएको हो ।
शाखाका उपाध्यक्ष अनुज अधिकारीले स्वागत गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङ, नेकपा एमाले, लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेकपा माओवादी केन्द्रका प्रतिनिधि अजय तामाङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी, सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्र, बेसीशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासंघका गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, जग्गादाता गमप्रसाद गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको हो ।
शाखाका उपाध्यक्ष शान्ता कमलीले धन्ययाद ज्ञापन गर्नुभ्एको कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ, लमजुङका सचिव रुद्रहरि ढकालले गर्नुभएको हो ।


FLASH NEWS