Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sat, 27, Apr, 2024

लमजुङको खत्रीठाँटीमा गोरु जुधाइ प्रतियोगिता संचालन

रेडियो भोटेओडार १५ पुष २०७८, बिहीबार १७:१५ मा प्रकाशित ( २ साल अघि) २११४८ पाठक संख्या

लमजुङमा गोरु जुधाइ प्रतियोगिता संचालन गरिएको छ । जनशक्ति युवा क्लव, खत्रीठाँटी र लमजुङ फिजिकल टे«निङ सेन्टरको संयुक्त आयोजनामा पन्ध्र पुसको अवसरमा सुन्दरबजार नगरपालिका–६, मा खत्रीठाँटीमा रहेको खेल मैदानमा बिहिबार ‘गोरु जुधाइ प्रतियोगिता’ संचालन गरिएको हो ।
पछिल्लो समय गाउँघरमा गोरु पाल्ने किसानको संख्या घट्दै गएकाले गोरु पालनमा किसानको आकर्षण बढाउने उद्धेश्यले ‘गोरु जुधाइ प्रतियोगिता’ संचालन गरिएको आयोजक संस्था जनशक्ति युवा क्लवका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो ।
घर–गाउँमै पहिलोचोटी गोरु जुधाइ हेर्न पाउँदा निकै रमाइलो अनुभूति भएको र यस्ता कार्यक्रमबाट गोरु पालनमा लाग्न किसानलाई प्रेरणा मिल्नसक्ने सुन्दरबजार नगरपालिका २, परेवाडाँडा मनकामना टोलका हिरालाल श्रेष्ठले बताउनुभयो ।
गोरु जुधाइ कार्यक्रमले गोरु पालनमा लाग्न किसानलाई सन्देश प्रदान गरेको गोरु जुधाइ प्रतियोगिता हेर्न तनहुँको भानु नगरपालिका–११, मानेचौकाबाट आउनुभएका ५९ वर्षका कृष्णप्रसाद तिमिल्सिनाले बताउनुभयो ।
गोरु जुधाइ प्रतियोगितामा सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, भानु नगरपालिकाका गरी १२ जना किसानले गोरु ल्याएका थिए ।
प्रतियोगितामा भानु नगरपालिका–१०, दुधेकुनाका कृष्णबहादुर रावलको गोरु प्रथम, सुन्दरबजार नगरपालिका–२, परेवाडाँडाका प्रकाश पन्तको गोरु द्धितीया आयोजक क्लवका कोषाध्यक्ष समिर केसीले बताउनुभयो ।


प्रतियोगिताका प्रथम र द्धितीय भएका सम्वन्धित गोरुपालक किसानलाई पुरस्कारस्वरुप नगद १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिएको पनि उहाँले बताउनुभयो ।
पन्ध्र पुसको अवसरमा संचालन गरिएको गोरु जुधाइ हेर्न लमजुङको सुन्दरबजार नगरपालिका, राइनास नगरपालिकाका तनहुँको भानु नगरपालिका लगायतका ठाउँबाट सयौँ संख्यामा मानिसहरु गोरु जुधाइ हेर्न खत्रीठाँटी पुगेका थिए ।


FLASH NEWS