Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sun, 28, Apr, 2024

लमजुङको दोर्दी गाँउपालिकामा नि ः शुल्क महिला स्वास्थ्य शिविर संचालन

रेडियो भोटेओडार १७ पुष २०७८, शनिबार १८:२५ मा प्रकाशित ( २ साल अघि) १७०९५ पाठक संख्या

चाँदनी अधिकारी
लमजुङको दोर्दी गाँउपालिका ४ नौथरमा नि ः शुल्क महिला स्वास्थ्य शिविर संचालन गरिएको छ ।
ग्लोबल आईएमई बैंक र नेपाल परिवार नियोजन संघको संयुक्त आयोजनमा स्वास्थ्य शिविर संचालन गरिएको हो ।
ग्रामीण क्षेत्रमा रहेको महिलाहरुमा हुनसक्ने विभिन्न स्वास्थ्य समस्याको घरगाउँमै सरल, सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने उद्धेश्यले शिविर संचालन गरिएको दोर्दी गाउँपालिकाका सूचना अधिकारी धर्म गुरुङले जानकारी दिनुभयो ।
शिविरबाट झण्डै २ सय जना महिलाहरुले स्वास्थ्य लाभ लिएका उहाँले बताउनुभयो ।
गाउँघरमा संचालन हुने शिविरबाट नागरिकले प्रभावकारी रुपमा स्वास्थ्य सेवा पाउने बताउँदै यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो ।
स्वास्थ्य शिविरमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. प्रेमराज पंगेनी, नेपाल परिवार नियोजनका केन्द्रीय महासचिव अर्जुन सिग्देल, नेपाल परिवार नियोजन कास्की शाखाका नवराज तिवारी र ग्लोबल बंैक दोर्दी शाखाका म्यानेजर हिरा कुमार मोक्तान लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

 


FLASH NEWS