आज:  | Fri, 29, Sep, 2023

भविष्य निर्माण माविले मनायो ३३ औँ वार्षिकोत्सव

रेडियो भोटेओडार २० पुष २०७८, मंगलवार ११:४४ मा प्रकाशित ( १ साल अघि) २३६६८ पाठक संख्या

लमजुङको सुन्दरबजार नगरपालिका–९, पैह्रेमा रहेको भविष्य निर्माण माध्यमिक विद्यालयले ३३ औँ वार्षिकोतसव तथा ३४ औँ अभिभावक दिवस समारोह मनाएको छ । सोमबार एक कार्यक्रमकाबीच विद्यालयले आफ्नो वार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुरारी भुजेलको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सुन्दरबजार नगरपालिकाका शिक्षा शाखा प्रमुख ठाकुरजी तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठाकुरजी तिवारीले विद्यालयको शैक्षिक स्तर उकास्नका लागि सबै पक्ष हातेमालो गरी अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
यस्तै, उहाँले नगर शिक्षा ऐन संशोधनका लागि पहल गर्ने विश्वास समेत दिलाउनुभएको छ । विद्यालयको वार्षिकोत्सवलाई भड्किलो रुपमा नभई अभिभावकको पनि भूमिका हुने गरी शैक्षिक बहसमा केन्द्रीत गरी विद्यालयका वार्षिकोत्सव तथा अभिभावक समारोह मनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यपाक मायानाथ अधिकारीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
उहाँले विद्यालयको १ करोड ६२ लाख ९२ हजार ३ सय ५० रुपैयाँ २६ पैसा बराबरको आय व्यय विवरण प्रस्तुत गर्नुभएको हो ।
विद्यालयका शिक्षिका लोकमाया घिमिरेले स्वागत गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेस सुन्दरबजार नगरपालिका ९ का वडा सभापति मानकृष्ण आचार्य, वडा सदस्य अमोल खनाल, शिक्षा समन्वय एकाइ लमजुङका इन्जिनियर दीपकराज कडेँल, विद्यालयका पूर्वअध्यक्ष एवं वरिष्ठ चन्दादाता प्रेम जिसी, पूवृ अध्यक्ष खगराज सापकोटा, पूर्व प्रधानाध्यपक खुशीराम डौलिया, शिक्षक अभिभावक संघका सदस्य अमृत भुजेल, विद्यालय व्यवस्थापन समितिका सदस्य मनु पन्त, आदर्श बाल माविका शिक्षक कुशल भट्टराई, भोटेओडार तार्दी खोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रितम अधिकारी, विद्यार्थी सुमन मजाकोटी लगायतले शुभकामना मन्तव्य राख्नुभएको विद्यालयका प्रधानाध्यपक अधिकारीले जानकारी दिनुभयो ।


FLASH NEWS