Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sun, 28, Apr, 2024

लोक गायक राजु परियार सम्मानित

रेडियो भोटेओडार २३ पुष २०७८, शुक्रबार १८:५९ मा प्रकाशित ( २ साल अघि) १४१७६ पाठक संख्या

चाँदनी अधिकारी
लोक गीत–संगीत क्षेत्रका सर्वप्रिय लोक दोहोरी गायक राजु परियार गृह जिल्ला लमजुङमा सम्मानित हुनुभएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिकास्थित कृषि क्याम्पस खेल मैदानमा शुक्रबार संचालित नेकपा एमाले जिल्ला संगठन लमजुङको आठौँ जिल्ला अधिवेसनको अवसरमा पार्टीले गायक परियारलाई सम्मानित गरेको हो ।
नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेकपा एमाले, लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त रुपमा सम्मानपत्र र फूलमालाले गायक परियारलाई सम्मानित गर्नुभएको हो ।
लोक गीतको माध्यमबाट विश्वभर चिनाउन सफल लमजुङे चेलो ‘लोक दोहोरी सम्राट’ राजु परियारलाई पार्टीको आठौँ जिल्ला अधिवेसनको अवसरमा सम्मानित गरिएको एमाले लमजुङका सचिव सुभाष पौडेलले जानकारी दिनुभयो ।
जन्मभूमीमा आउन पाउँदा खुशी मिल्ने र जन्मेको जिल्लामा आफुलाई सम्मानित गरेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।


FLASH NEWS