Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sun, 28, Apr, 2024

एमाले विरुद्ध बनेको मोर्चाबन्दीलाई पराजित गर्नुपर्ने आवश्यक छ ः पृथ्वीसुब्बा गुरुङ

रेडियो भोटेओडार २३ पुष २०७८, शुक्रबार २०:३८ मा प्रकाशित ( २ साल अघि) १२९३७ पाठक संख्या

 

नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले यो मुलुकमा केपी ओलीसंग एक्लाएक्लै सामना गर्नसक्ने कुनै नेता नजन्मिएको दाबी गर्नुभएको छ ।

लमजुङको सुन्दरबजार नगरपालिकास्थित कृषि क्याम्पसको खेल मैदानमा संचालित नेकपा एमाले, जिल्ला संगठन कमिटि लमजुङको आठौँ जिल्ला अधिवेसनलाई शुक्रबार सम्बोधन गर्दै एमाले नेता गुरुङले यस्तो बताउनुभएको हो । यस्तै, उहाँले यो सरकार देशको विकास र निकासका लागि नबनेको तर्क गर्नुभयो ।

सबै एकजुट भएर अब अध्यक्ष ओली र एमाले विरुद्ध बनेको मोर्चाबन्दीलाई पराजित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

यस्तै, उहाँले नेता र नीति सही भएकाले एमालेलाई हराउने कुनै तागत नरहेको उहाँले बताउनुभयो ।

‘जति सुकै दल गठबन्धन भएर आएतापनि एमालेको नेता र नीति सही भएकाले हामीलाई हराउने कुनै तागत छैन,’ उहाँले भन्नुभयो ।

अधिवेसनको उद्घाटन कार्यक्रममा एमालेका संघ, प्रदेश तथा स्थानीय स्तरका नेताका साथै कार्यकर्ताहरुको उलेख्य सहभागिता रहेको थियो ।

 

 


FLASH NEWS