Sorry! Website has suspended

Contact for more information: 9846617227

आज:  | Sun, 28, Apr, 2024

हराउँदै परम्परागत घर

रेडियो भोटेओडार २५ पुष २०७८, आईतवार ११:३७ मा प्रकाशित ( २ साल अघि) २८३३० पाठक संख्या

श्यामशितल परियार
समयको परिवर्तनसंगै अहिले गाउँघरमा घरले छाइएका घर, धन्सार र घुमाउने घरहरु देख्नै मुश्किल पर्छ । कहिँकतै मात्रै घरले छाइएका घर, घुमाउने घरहरु देखिन्छ ।
पछिल्लो समय खरले छाइएका घर, घुमाउने घर गाउँघरमै देख्न मुश्किल पर्ने गरेको लमजुङ भोटेओडारका कृष्णकान्त खनालले बताउनुभयो ।
‘खरले छाइएको घर, घुमाउने घर हराइसके । यस्ता घरमा मानिस बसोबास गर्ने चलन त लगभग हराइसक्यो,’ उहाँले भन्नुभयो ।
पछिल्लो समय ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसंगै गाउँघरमै धमाधम पक्की घर निर्माणका साथै जस्तापाताले घर टल्काउने प्रवृत्ति बढ्दै गएकाले परम्परागत खरले छाइएको घर, घुमाउने घर हराउँदै गएको पुरानो पुस्ताको बुझाइ छ ।
सुख–सुविधाको खोजीमा गाउँ छाडी शहरबजार झर्नेको संख्या बढ्दो छ ।
विगतमा गाउँमा छाउनेले खरले घर छाएको पैसा नलिने र सामाजिक भावले सहयोग गर्ने प्रचनल रहेको दोर्दी गाउँपालिका–१, भारते सिरुबारीका हरिप्रसाद अधिकारीले बताउनुभयो ।
पछिल्ला पुस्ताका मानिस उज्याला, फराकिला र सुविधासम्पन्न घरमा बस्न रुचाउने भएकाले पनि खरले छाइएको घर, परम्परागत घुमाउने घरहरु हराउँदै गएका उहाँले बताउनुभयो ।


FLASH NEWS